१६ अंक घटेको नेप्से, यस साता के होला?

गत साता नेप्से परिसूचक करिब साढे १६ अंक घटेर बन्द भएको थियो। अघिल्लो साता २०६८.३१ विन्दुमा बन्द भएको नेप्से, गत साता १६.३९ अंक अर्थात ०.७९ प्रतिशत घटेर २०५१.९२ विन्दुमा झरेको छ। गत साता नेप्सेसँगै भोल्यूम पनि घटेको छ।   गत साता नेप्से परिसूचक प्रतिरोध परीक्षण गरी फर्किएको छ। हाल नेप्सेको प्रतिरोध क्षेत्र २०८० देखि २१२५ सम्म रहेको छ।  आगामी दिनमा नेप्से ओरालो लागेमा १९३० देखि १९५० को क्षेत्रमा टेवा पाउने देखिन्छ। गत साता पाँच कारोबार दिनमध्ये दुई कारोबार दिन नेप्से बढेको थियो भने तीन कारोबार दिन घटेको थियो। गत साता सोमबार र मंगलबार नेप्से सामान्य अंक बढेर बन्द भएको थियो भने बाँकी कारोबार दिन घटेर बन्द भएको थियो। गत साता साप्ताहिक रुपमा नेप्सेले रातो मैनबत्ती बनाएको छ। त्यसैगरी, साताको अन्तिम दुई कारोबार दिन पनि नेप्सेले बियरिश मैनबत्ती नै बनाएको थियो। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम ४ अर्ब ५८ करोड रुपैयाँ रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा गत साताको दैनिक औषत भोल्यूम ६.५५ प्रतिशत कम हो।

Spread the love