संयुक्त राज्य अमेरिकाका पूर्व राष्ट्रपति तथा आसन्न राष्ट्रपति निर्वाचनका उम्मेदवार डोनल्ड ट्रम्पले इरानबाट आफ्नो ज्यानमाथि ठूलो खतरा रहेको दाबी गरेका छन्। रिपब्लिकन पार्टीको निर्वाचन अभियानले अमेरिकी गुप्तचर निकायले ट्रम्पमाथि इरानले घातक आक्रमण गर्न सक्ने जोखिम भएको जानकारी दिएको जनाएको छ। सामाजिक सञ्जाल ‘एक्स’मा ट्रम्पले लेखेका छन्, “इरानले चाल चलिसकेको थियो तर त्यो सफल भएन। तर उनीहरूले फेरि प्रयास गर्ने छन्।”इरानले “संयुक्त राज्य अमेरिकामा अस्थिरता सिर्जना गर्ने” उद्देश्यले उनको हत्या गर्न खोजेको भन्दै गुप्तचर निकायले त्यस विषयमा ट्रम्पलाई जानकारी दिएको रिपब्लिकन पार्टीले एउटा विज्ञप्तिमा भनेको छ।

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *