पहिलो पटक आइसक्रीम कसले बनाएको थियो भन्ने विषय विवादित छ र जति फरक स्वादका आइसक्रीम पाइन्छ त्यति नै यसका कथाहरू पनि पाइन्छ। हालै घोडाको दूधबाट आइसक्रीम बनाउन सकिने कुरा पनि सार्वजनिक भएको छ। हामीलाई आइसक्रीम किन यति धेरै मन पर्छ भन्ने पनि एउटा गम्भीर वैज्ञानिक विषय हो। अनुसन्धानकर्ताहरूले आइसक्रीमका पोषणयुक्त फाइदाबारे अध्ययन गरेका छन् र त्यसका कम स्वास्थकर पाटोहरूबारे पनि अध्ययन गरेका छन्। आइसक्रीमले हाम्रो मनस्थिति कसरी परिवर्तन गर्न सक्छ भन्ने पनि अध्ययनहरू भएका छन्।

लन्डनमा सन् २०२१ मा इन्स्टिट्यूट अफ साइकियाट्रीले मानिसहरूको निर्णय गर्ने प्रक्रियामा संलग्न हुने मस्तिष्कको भाग जसलाई अर्बिटोफ्रन्टल कोर्टेक्सले आइसक्रिमको स्वाद पाउने बित्तिकै प्रतिक्रिया जनाउने पत्ता लगाएको थियो। अन्य अध्ययनहरूले पनि राम्रो गुणस्तरको आइसक्रीममा प्रोटीन र फ्याटजस्ता पोषक तत्त्व हुने र त्यसले तुरुन्तै ‘मूड’ खुसी बनाउने सेरोटोनिन होर्मोनको मात्रा बढाउने पत्ता लगाएका छन्। यसमा मानव विकास क्रमको पनि ठूलो भूमिका छ। मानिसहरूलाई गुलियो खानेकुरा किन खाइरहन मन लाग्छ भन्ने व्याख्या पनि यसले दिन्छ। चिनी, दूध र चिसो तापक्रमको मिश्रणले पनि उपभोक्तालाई मुखमा मिठो अनुभूति दिन्छ। आइसक्रीमको उत्पत्ति कहाँ भयो भन्नेबारे खानाका इतिहासकारहरूमाझ चर्को बहस निम्त्याएको छ। आइसक्रीम: अ ग्लोबल हिस्ट्री नामक पुस्तकमा लउरा बी वाइसले “गाई, बाख्रा वा भैँसीको दूधलाई अमिल्याएर र तताएर त्यसमा पिठो मिसाएर र बास्नाका लागि कपूर…” को मिश्रणको व्याख्या गरेकी छन्। “त्यस्तो मिश्रणलाई धातुको भाँडामा राखेर जमाएर अनि त्यसलाई आजकालका कुल्फीजस्तो बनाइन्थ्यो।” पछिल्लो आइसक्रीमको विकास भने पोल्यान्डमा भएको हो।

वेस्ट पोमेरनियन युनिभर्सिटी अफ टेक्नोलोजीका अनुसन्धानकर्ताहरूले घोडाको दूधबाट आइसक्रीम बनाएका छन्। घोडाको दूधको आइसक्रीम पनि गाईको दूधको जस्तै बाक्लो र उस्तै देखिएको छ।  अगस्टमा प्रकाशित अध्ययनले घोडाको दूधको आइसक्रीमले पाचन प्रणालीलाई राम्रो गर्न सक्ने देखाएको छ तर त्यसका लागि पक्कै पनि थप अनुसन्धानहरू आवश्यक पर्छ। फर्मेन्टेड घोडाको दूधको प्रयोग मध्य एसियामा लामो समयदेखि उपभोग गरिँदै आएको छ तर त्यही दूधबाट फ्रोजन डिजर्ट बनाइएको चाहिँ यो नयाँ प्रयोग हो।  मध्य एशियाका पहाडी भेगमा बसोबास गर्ने मानिसहरूले पहिलादेखि नै घोडाको दूध सेवन गर्दै आएका छन्। तर आइसक्रीम बनाउने प्रयोग चाहिँ नयाँ हो।

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *