दिपल एक्सचेन्ज मेलामा ग्राहकले प्रि–बजेट मूल्यमै अर्थात ७१ लाख ९९ हजार रुपैयाँमा दिपलको प्रिमियम ईभी एस०७ खरिद गर्न सकिने छ ।

ग्राहकले नेपालकै टप ६ रिकन्डिसन हाउसबाट आफ्नो पुरानो गाडीको बेस्ट भ्यालुएसन पाउने कम्पनीले जनाएको छ । साथै ग्राहकले थप एक्सचेन्ज बोनस समेत पाउने छन् ।

यसबाहेक एक्सचेन्ज मेलामा अनस्पट डेलिभरी, अनस्पट फाइनान्स र फ्रि एसेसोरिजका साथै ३ किलोवाटको ट्राभल चार्जर र ७ किलोवाटको होम चार्जर पाउनेछन् ।

साथै, ग्राहकले गाडीको भ्यालुएसन र बुकिङमा गिफ्ट समेत पाउनेछन् ।

दिपल ईभी नै किन खरिद गर्ने ?

नेपालमा एमएडब्लू वृद्धिले दिपल एस०७ र एल०७ गरी दुई मोडेल बिक्री गर्दै आएको छ ।

यी ईभीहरू एड्भान्स्ड फिचर, लक्जरियस इन्टेरियर र इन्टेलिजेन्ट डिजाइनमा आधारित छन् जसले नेपाली इलेक्ट्रिक सवारीसाधनको बजारमा नयाँ मापदण्ड स्थापित गरेको छ ।

पाँच महिनाअघि नेपालमा सार्वजनिक भएको दिपल एस०७लाई यसको डिजाइन र फिचरका कारण नेपाली बजारले तुरुन्तै रुचाएको कम्पनीको भनाइ छ ।

दिपल इभीमा वेलकम सिट, सनफ्लावर टचस्क्रिन, जेस्चर कन्ट्रोल, एआई सपोर्ट भएको अग्मेन्टेड रियालिटी एडअप डिस्प्ले, चार ड्राइभिङ मोड, १२५ लिटरको फ्रंक, हेडरेस्ट र आउटडोरसहित १४ वटा स्पिकर लगायत १५ भन्दा बढी फस्ट टाइम इन नेपाल फिचरहरू छन् जुन अझै पनि सेग्मेन्टका अन्य मोडलहरूमा उपलब्ध नरहेको कम्पनीले जनाएको छ ।

एमएडब्लू वृद्धिले दिपल एक्सचेन्ज मेलामा फ्युचरिस्टिक दिपल ईभीमा अपग्रेड गर्न ग्राहकसँग अनुरोध समेत गरेको छ ।

दिपल एक्सचेन्ज मेला ३ असोजसम्म सञ्चालन हुनेछ ।

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *