काठमाडौँ: गोली प्रहार पकाउ पर्ने पटेल भारतीय नागरिक भएको जनाईएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गर्न ४ राउण्ड गोली चलाएको हो ।
आरोपीलाई खुट्टामा गोली लागेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छा ‘पटेललाई उपचारको लागी त्रिवि शिक्षण अस्पताल पठाइएको छ ।’
गुड्डु भारतीय नागरिक हुन् । २०७९ असोज ३ मा काठमाडौँको गोठाटारमा लाल मोहम्मदको हत्या भएको थियो । उनको हत्यामा गुड्डु सुटरको भूमिकामा रहेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।
प्रहरीले सुरुमा दुई राउण्ड हवाई फायर र भाग्न थालेपछि थप दुई राउण्ड गोली प्रहार गरेको बताइएको छ । २०८१ वैशाख १७ मा पर्साको वीरगन्जबाट मोहम्मदको हत्या गर्ने योजनाकार मध्येका बब्लु पासवानलाई पक्राउ गरेको थियो