२ माघ, काठमाडौं : रिहा भएलगत्तै लामिछानेले यो देशमान्याय नमरेको प्रतिक्रिया दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा न्यायको प्रतिक्रिया दिएका छन् । जिल्ला अदालत काठमाडौंमा ६० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएपछि लामिछानेले अदातलप्रति सम्मान व्यक्त गरे । ‘सबै जनालाई धेरै धेरै धन्यवाद । न्याय प्रक्रियालाई सघाउन आएको भनेको थिएँ । अदालतप्रति एकदमै सम्मान व्यक्त गर्न चाहन्छु । न्यायप्रेमी जनतालाई धन्यवाद दिन चाहन्छु । न्यायलयलाई विशेष धन्यवाद दिन चाहन्छु । यो देशमा न्याय मरेको छैन ।’ सहकारीको रकम अपलचन गरेको आरोपमा २ कात्तिकमा प्रहरीले पक्राउ गरेका लामिछानेलाई जिल्ला अदालत कास्कीले गत बिहीबार ६५ लाख रुपैयाँ धरौटीमा छोडेको थियो । आइतबार जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका लामिछानको थुनछेक बहस आज सकिएको थियो ।
