काठमाडौं, २३ भाद्र २०८३स् रसुवामा हालै आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत तथा पुनःस्थापनाका लागि सहयोग पुर्‍याउने उद्देश्यले भायानेट कम्युनिकेसन्स लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु। २० लाख सहयोग प्रदान गरेको छ।
विपद्को यस कठिन परिस्थितिमा प्रभावित व्यक्ति, परिवार तथा समुदायप्रति ऐक्यबद्धता प्रकट गर्दै उक्त सहयोग प्रदान गरिएको हो। विपद्को समयमा आवश्यक राहत तथा पुनःस्थापनाका कार्यमा योगदान पुर्‍याउनु सामाजिक उत्तरदायित्वको महत्वपूर्ण पक्ष रहेको भायानेटको विश्वास छ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत प्रदान गरिएको यस सहयोगबाट रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सञ्चालन भइरहेका सरकार नेतृत्वका राहत, उद्धार तथा पुनःस्थापनाका कार्यमा योगदान पुग्ने अपेक्षा गरिएको छ। यस दुःखद् विपद्मा परी ज्यान गुमाउनुहुने सम्पूर्णप्रति भायानेट हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ। शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै विपद्बाट प्रभावित सम्पूर्ण व्यक्ति तथा समुदायप्रति भायानेट हार्दिक ऐक्यबद्धता प्रकट गर्दछ।
साथै, विपद्को समयमा उद्धार, राहत तथा सहयोगका कार्यमा निरन्तर खटिनुभएका सुरक्षाकर्मी, उद्धारकर्मी, स्वयंसेवक, सरकारी निकाय तथा विभिन्न मानवीय सहायता एवं राहत कार्यमा संलग्न सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति भायानेट हार्दिक  आभार व्यक्त गर्दछ।
विपद्को यस घडीमा प्रभावित समुदायको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि भइरहेका राष्ट्रिय प्रयासमा आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता भायानेट व्यक्त गर्दछ।

भायानेट कम्युनिकेसन्स लिमिटेड
संकटको घडीमा नेपालसँगै।

Vianet Contributes NPR 20 Lakh to Prime Minister’s Disaster Relief Fund in Support of Rasuwa Flash Flood Relief Efforts

Kathmandu, September 7, 2026: Vianet Communications Ltd. has contributed NPR 20 lakh to the Prime Minister’s Disaster Relief Fund in response to the devastating flash floods in Rasuwa, supporting ongoing relief and  ecovery efforts for the affected communities. The contribution is an expression of Vianet’s solidarity with the individuals, families and communities impacted by the disaster, and its commitment to supporting national humanitarian efforts during times of crisis. The contribution will support government-led relief and recovery efforts aimed at providing assistance to those affected by the Rasuwa flash floods and supporting their recovery in the aftermath of the disaster.
Vianet extends its deepest condolences to the families who have lost their loved ones and expresses solidarity with everyone affected by the tragedy. The company also acknowledges and appreciates the tireless efforts of   escuers, responders, volunteers, security personnel, government agencies and all those working on the ground to provide relief and assistance. During times of crisis, collective support and solidarity are essential. Vianet stands with the people of Rasuwa and remains committed to supporting communities and contributing to national efforts when it matters most.

Vianet Communications Ltd.
Standing with Nepal.

 

Similar Posts