आजको बजार इन्ट्रा डे मा नेप्से २९ सयमाथिको विन्दुमा पुगेको थियो । निरन्तर रुपमा सूचकमा वृद्धि हुँदा बजारमा नाफा बुक गर्ने लगानीकर्ता बढ्दा सूचकमा दवाव परेको हो ।  निरन्तर रुपमा बढेकाे बजारमा सोमबार करेक्सन भएको छ । आजको बजार १३.६२ अंकले घटेर २८७६.६६ विन्दुमा झरेको छ भने १४ अर्ब २८ करोड रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।  बजारमा बढ्दो क्रममा जस्तो करेक्सन हुन थालेपछि कारोबार रकममा वृद्धि नहुँदा लगानीकर्ता सस्तोमा शेयर बिक्री गर्न नरुचाएको देखिन्छ । प्रणालीमा तरलता पर्याप्त छ । ब्याजदर एकोहोरो अंकमा छ । संस्थागत लगानीकर्ताहरु लगानीका शेयर बजार उपयुक्त अवस्थामा छ। यसै कारणले पनि समग्र बजारको मनोभावना सकारत्मक बनेको छ । २८ सयको विन्दुमा रह्यो भने बजारले धेरै बलियो हुनेमा लगानीकर्ताको बुझाई छ । निरन्तर बढेको भन्दा बजारमा पनि बीचबीचमा करेक्सनहरु भएको राम्रो हो । सानोतिनो करेक्सनपछि बजारमा थप बलियाे बन्नेछ। आजको सामान्य करेक्सनले समग्रमा बजार सन्तुलित देखिएको छ । पछिल्लो समय हाइ क्याप कम्पनीहरुमा लगानीकर्ताको आकर्षण छ ।

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *