नेपाल स्टक एक्सचेन्ज(नेप्से)को कारोबार कक्षमा मंगलबार ९ अर्ब ४० करोडको शेयर किनबेच हुन थालेको छ। मंगलबार करिब दुई महिना पछिकै सबैभन्दा बढी कारोबार हो। किनकि यस अघि गत मंसिर १७ गते दोस्रो बजारमा १० अर्ब ५४ करोडको शेयर किनबेच भएको थियो। त्यसयता मंगलबार भएको कारोबार नै सबैभन्दा बढी कारोबार हो। गएको एक महिनामा केही दिनलाई गन्ती नगर्ने हो भने दैनिक कारोबार रकम पाँच अर्ब भन्दा माथि हुन थालेको छ। जब दोस्रो बजारमा भोल्युम ब्रेक हुँदै जान्छ। तब बजार पनि त्यसै अनुसार माथि उक्लिँदै जान्छ। बढेको भोल्युम लगातार ब्रेक हुन थालेमा बजारले बुल रन सुरु गर्न लागेको रुपमा हेर्नु पर्छ।

अझै गएको एक साता यता कारोबार रकम सात अर्ब तल जान मानेको छैन। गत मंगलबार मात्रै दोस्रो बजारमा ९ अर्ब २० करोडको शेयर किनबेच भएको थियो। जुन आज भएको कारोबार रकमले ब्रेक गरेको छ। लगातार बढ्दै गएको कारोबार रकले लगानीकर्ताको मनोबल बढेको र त्यसले शेयर बजारलाई माथि लैजान सहयोग गर्ने विश्लेषण हुन थालेको छ।  जसले गर्दा कारोबार रकम बढेको हो। अर्को तर्फ बैंक वित्तीय संस्थाको शेयर कर्जा पनि बजारमा आइरहेको छ। अहिलेसम्मकै सबैभन्दा बढी शेयर कर्जा दोस्रो बजारमा आएको छ।  उक्त समूहको मात्रै चार अर्ब ५१ करोडको शेयर किनबेच भए। समूहगत सूचक पनि १.४९ प्रतिशतले बढ्यो। दोस्रोमा सबैभन्दा बढी पैसा आएको समूह विकास बैंक हो। दोस्रो बजार गतिलो गरी बढेको पनि छैन। तर पनि कारोबार रकम भने बढ्दै गइरहेको छ। लगानीकर्ताले पैसा काहाबाट ल्याइरहेका छन् ।  ती समूहमा लगानी गर्ने लगानीकर्ताले मुनाफा आर्जन गरेको अवस्था छ। सर्ट टर्म कारोबारीले उक्त समूहबाट पैसा बनाउन थालेका छन्। जसले गर्दा पैसा घुम्न सुरु गरेको छ।   केही समूहले भने दोस्रो बजारमा राम्रो प्रदर्शन गरिरहेका छन्। जसमा जलविद्युत, लो क्याप विकास बैंक, लघुवित्त र लगानी समूहले एक साता यता राम्रो गरिरहेका छन्।

 

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *