१८ असार, काठमाडौं : रसुवाको गोसाइँकुण्ड गाउँपालिकाका तातोपानी डाँडा र बालुवा खानीमा पहिरो खसेको चार ठाउँमा पहिरो खस्दा पासाङ ल्हामु राजमार्ग अवरुद्ध भएको छ । गोसाइँकुण्ड गाउँपालिका–२ का तातोपानी डाँडा, बालुवाखानी, फ्याङलुङ र लिङलिङमा पहिरो खस्दा पासाङ ल्हामु राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको हो । इलाका प्रहरी कार्यालय टिमुरेले बाटो खुलाउनका लागि रसुवागढी हाइड्रोपावरसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ । पहिरो झरेको स्थान इलाका प्रहरी कार्यालय टिमुरेबाट अन्दाजी ३ किलोमिटर दक्षिणमा पर्दछ ।