२९ भदौ, काठमाडौं । म्यानचेष्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा साउथ ह्याम्पटनमाथि सहज जित हात पारेको छ । शनिबार भएको खेलमा युनाइटेडले ३–० गोलको जित हात पारेको हो ।

लिगको पहिलो खेल सिजतेको म्यानचेष्टर युनाइटेडले लगातार दुई खेल गुमाएको थियो । साउथ ह्याम्पटनमा घरेलु मैदानमा भएको खेलमा युनाइटेडले ३५ औं मिनेटमा म्याथाइज डि लिग्टले गोल गरे । बार्यन म्युनिखबाट यो सिजनमा मात्र ओल्ड ट्राफर्ड आएका उनको क्लबका लागि पहिलो गोल हो ।

त्यसको ६ मिनेटपछि अमाद डियालोले गोल गरेपछि पहिलो हाफमा भ्रमणकारी टोली २–० ले अगाडि रह्यो । दोस्रो हाफको इन्जुरी टाइममा डिएगो डोलटले गोल गर्दै क्लबलाई ३–० को सहज जित दिलाए ।

 

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *