३१ भदौ, काठमाडौं । सोमबार धितोपत्र बजारमा कुल ७ अर्ब ३६ करोड रुपैयाँको कारोबार भयो ।

यो कारोबार रकम अघिल्लो दिनको तुलनामा करिब ३ अर्ब कम हो । सोमबार कुल कारोबारमा टप १० ब्रोकर कम्पनीहरूको हिस्सा ३४ प्रतिशत हो । टप १० ब्रोकर कम्पनीमार्फत यस दिन २ अर्ब ४६ करोडको खरिद हुँदा २ अर्ब ५३ करोडको बिक्री भएको छ ।

यस दिन टप १० ब्रोकरमध्ये पाँचमार्फत खरिद धेरै भएको छ भने पाँचमार्फत बिक्री धेरै भएको छ । इम्पेरियल, अनलाइन, डायनामिक, अग्रवाल र प्रिमियर सेक्युरिटीजमार्फत खरिद धेरै भएको छ भने नासा, भिजन, आर्यतारा, सनी र दिपशिखामार्फत बिक्री धेरै भएको छ ।

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *