सुपरस्टार राजेश हमाल ७ वर्षपछि फिल्मको छायांकनमा फर्किएका छन् । पहिलो चरण अन्तर्गत करिब १६ दिन एनएफडिसीमै फिल्मको छायांकन हुनेछ । दोस्रो चरणको छायांकन दशैंपछि गरिने निर्देशक दीवाकर भट्टराईले जानकारी दिए । फिल्मको मुहूर्तमा हमालसहित राज कटुवाल, नीति शाह, सनिशा भट्टराईलगायतको उपस्थिति थियो । छायांकन सुरु गरिएसँगै आगामी फागुन १४ गते अर्थात् महाशिवरात्रिलाई फिल्मको प्रदर्शन मिति पनि घोषणा गरिएको छ । निर्देशक भट्टराई ‘नरसिंहा अवतार’ आफ्नो लागि चुनौतीपूर्ण रहेको बताउँछन् । ‘यो फिल्म मेरो लागि चुनौतीपूर्ण छ ।  फिल्म ‘नरसिंहा अवतार’को बालाजुस्थित एनएफडिसी स्टुडियो (नेपाल चलचित्र विकास कम्पनी)मा बिहीबार बिहान मुहूर्त गरेसँगै छायांकन सुरु गरिएको हो ।  शुक्रबारबाट हमालको एक्सन सिन खिचिने जानकारी प्राप्त छ ।
धेरै स्क्रिप्टहरु अस्वीकार गरेर राजेश दाईले यो स्क्रिप्टमा काम गर्न तयार हुनु नै मेरो लागि चुनौती हो,’ उनी भन्छन्, ‘मैले राजेश दाईकै लागि भनेर स्क्रिप्ट लेखेको थिएँ । उहाँलाई ‘कन्भेन्स’ गराउन मलाई तीन महिना लाग्यो ।’ यो फिल्मबाट नयाँ ‘ट्रेन्ड’ सुरु हुने उनको विश्वास छ ।

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *