विभिन्न राजनीतिक हल्लाहरु चल्दा बजार प्रभावित भएको छ । पछिल्ला दुई कारोबार दिन बजारमा बिक्री चाप बढेको छ । मुलुकमा राजनीतिक अस्थिरताको संकेत देखिएसँगै बजारमा बिक्री चाप बढेको हो । आईतबारको बजार ४७ अंकले घटेको थियो भने सोमबारको बजारले पनि त्यसैलाई निरन्तरता दिदै ५७ अंकले घटेर बजार २६३९ को विन्दुमा झरेको छ ।  सरकारले गरिरहेकाे दल विभाजन अध्ययादेशको तयारी, रवि लामिछाने पक्राउ र सरकार परिवर्तनका हल्लाहरु फैलँदा बजारले त्यसको दवाव झेल्नु परेको हो ।  निरन्तर रुपमा ठूलो अंकको घटाईले शेयर खरिद गर्ने सुनौलो मौकाको रुपमा पनि लिन सकिने केही लगानीकर्ताको बुझाई छ । बजार जुन गतिमा घटेको छ । त्यसैगरी बढ्ने आँकलन पनि गरिएको छ ।

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *