असोज, काठमाडौं : विद्युतीय अपराध कारोबार ऐन विपरीतको कसुर गरेको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा रहने भएका छन् । प्रसाईंलाई प्रहरीले भक्तपुरस्थित घरबाट ६ असोजमा पक्राउ गरेको थियो ।

जिल्ला अदालत, काठमाडौंले उनीमाथि अनुसन्धानका अझै हिरासतमा राख्न अनुमति दिएको साइबर ब्यूरोका डीआईजी नविन्द अर्यालले बताए ।   प्रहरीले उनलाई तीन दिन हिरासतमा राख्न अनुमति पाएको थियो । प्रहरीले त्यसबेलै १० दिन हिरासतमा राख्न अनुमति मागेको थियो । ब्यूरोमा गएर एक जना महिलाले आफ्नो चरित्र हत्या भएको भन्दै प्रसाईं विरुद्ध उजुरी दिएकी थिइन् ।  अनुसन्धान अघि बढाउन प्रहरीलाई अदालतले अघिल्लो साता बुधबार अनुमति दिएको थियो ।

प्रसाईं सहित बाग्लुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहाललाई पनि पक्राउ गर्न अदालतले अनुमति दिएको छ । प्रहरीका अनुसार, हाल प्रसाईंविरुद्ध अर्को एक जना पीडितले पनि उजुरी दिएकी छन् ।

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *