मौसम पूर्वानुमान महाशाखाले राजधानी काठमाण्डूमा अभिलेख राख्न सुरु भएयता अहिलेसम्मकै धेरै वर्षा मापन भएको जनाएको छ। जल तथा मौसम विज्ञान विभागसँग सन् १९७० देखि वर्षाको अभिलेख रहेको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले पछिल्लो २४ घण्टामा काठमाण्डू उपत्यकामा अहिलेसम्मकै धेरै वर्षा मापन भएको मापन भएको छ। उनका अनुसार शुक्रवार बिहान ८:४५ देखि शनिवार बिहान ८:४५ बजेसम्म राजधानी उपत्यकामा २३९.७ मिलिमिटर वर्षा मापन भएको छ। महाशाखाका अनुसार यसअघि सन् २००२ मा काठमाण्डूमा मापन भएको १७७ मिलिमिटर वर्षा नै अहिलेसम्मको उच्च थियो।  २२ वर्षपछि शुक्रवार र शनिवार काठमाण्डूमा त्यसभन्दा धेरै वर्षा भएको अभिलेखमा  सन् २००२ को १७७ मिलिमिटर भन्दा पनि धेरै २३९.७ मिलिमिटर वर्षा मापन भएको छ।

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *