भारतले ‘दक्षिणपश्चिम मनसुन’ टुङ्गिने अवस्थामा पुगेको घोषणा गरेको छ।  नेपालमा अधिकारीहरूले यो वर्षको मनसुनी वर्षा सकिने लक्षण अझै नदेखिएको बताएका छन्। यसअघि गत सप्ताहान्त नेपालमा सक्रिय रहेको मनसुनको न्यूनचापीय प्रणालीका कारणले विभिन्न २५ वटा मौसम केन्द्रहरूमा २४ घण्टाको अत्यधिक वर्षाको नयाँ कीर्तिमान कायम भएको थियो। भारतको मौसम विज्ञान विभागले देशको मनसुनयाम अन्त्य हुन लागेको र यो वर्ष स्वाभाविकभन्दा ८ प्रतिशत बढी वर्षा भएको जनाएको छ।  अबको केही दिन पूर्वी र उत्तरपूर्वी भारतमा भारीदेखि अतिभारी वर्षा हुने चेतावनी दिइएको छ। त्यसको असर नेपालका पूर्वीसहित विभिन्न भूभागमा देखा पर्ने  छ । अविरल वर्षाका कारण काठमाण्डू उपत्यकासहित देशका विभिन्न ठाउँमा बाढी र पहिरोको प्रकोप निम्तिएको थियो। यो प्रकोपमा परी कम्तीमा २२४ जनाको ज्यान गएको पुष्टि भएको छ। त्यसबाहेक १५० जनाभन्दा बढी घाइते भएका छन् भने २४ जना बेपत्ता भएको सरकारले जनाएको छ। देशको राजधानी काठमाण्डू जोड्ने प्रमुख राजमार्गसहितका पूर्वाधारमा ठूलो क्षति पुगेको छ।

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *