६ कात्तिक, काठमाडौं  :  दिल्लीबाट काठमाडौं आएको भिस्टारा एयरको जहाजमा बम राखेको भन्दै अज्ञात व्यक्तिले सूचना दिएपछि नेपाली सेना र नेपाल प्रहरीले विमानस्थलमा सर्च अपरेशन थालेको छ ।  बम रहेको भन्दै सूचना आएपछि उपत्यका प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्य आफैं पनि विमानस्थल पुगेकी छन् । सेना र प्रहरीको तालिम प्राप्त कुकुरसमेत विमानस्थलमा परिचालित गरिएको छ । सेनाको बम डिस्पोजल र तालिम प्राप्त कुकुरसहितको टोली विमानस्थलमै तैनाथ रहन्छन् । प्रहरीको पनि तालिम प्राप्त कुकुर विमानस्थलमा नियमित खटिन्छन् ।

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *