१० कात्तिक, काठमाडौं : रवि पक्राउअघि त्यसैदिन २ कात्तिकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै पहलकदमीमा विपक्षी दलहरु सम्मिलित संयन्त्र बनाएर १३ बुँदे साझा मागपत्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइएको छ ।लामो समय सत्तामा बसेको नेकपा माओवादी केन्द्रले शनिबार राजधानी काठमाडौंमा खबरदारी सभा गरेको छ । सभामा माओवादीका शीर्ष नेताहरुले सरकारलाई सुशासनको अभियान नरोक्न खबरदारी गरेका छन् । खबरदारी सभाको औचित्यमाथि उठेको आशंकाप्रति प्रष्टोक्ति पनि दिएका छन् । सहकारी बचत रकम अपचलनको मुद्दामा पक्राउ परेका रवि लामिछाने र उनको पार्टी रास्वपालाई साथ दिनेगरी माओवादीले सडक प्रदर्शन राखेको टिप्पणी भइरहेको छ । माओवादी नेताहरुले शनिबार भएको खबरदारी सभा रविको समर्थनमा नभएको स्पष्टीकरण दिएका पूर्वप्रधानमन्त्री प्रचण्डले ‘दोषी कोही बच्न हुन्न, निर्दोष कोही फस्न हुन्न । हामीले हिजो त्यही भनेका थियौं, अहिले पनि यही भन्छौं’, खबरदारी सभामा प्रचण्डले स्पष्टीकरण दिए, ‘सबै सहकारी पीडितहरुले न्याय पाउनुपर्छ । सहकारी ठगहरुलाई कारबाही गर्नुपर्छ ।’
खबरदारी सभामा माओवादी नेताहरुले प्रचण्ड नेतृत्व सरकारले थालेको भ्रष्टाचार विरोधी र सुशासनको पक्षमा थालेको अभियानलाई नरोक्न खबरदारी गरेका छन् । तर वर्तमान सरकार सुशासनविरुद्ध र भ्रष्टाचारी बचाउन बनेको आशंका रहेको भन्दै प्रचण्डले भने, ‘आज त्यो सरकारले पुष्टि गरेको छ ।’ उपाध्यक्ष श्रेष्ठले पनि यो सरकार बनेकै भ्रष्टाचार विरोधी अभियान रोक्न भएको बताए । बाढी तथा पहिरो पीडितहरुको उद्दार तथा राहतमा पनि सरकार चुकेको प्रचण्डले बताए । नख्खुमा चार घण्टासम्म गुहार माग्दासमेत नागरिकको उद्दार गर्न नसकेको भन्दै उनले त्यहाँ नागरिक होइन, सरकार मरेको टिप्पणी गरे । आफू प्रधानमन्त्री हुँदा पनि संसदीय छानबिन समिति बनाउनुपर्छ भनेको उनले स्मरण गरे । यद्यपि रविलाई पक्राउ गरेको सरकारले सहकारी ठगीमा संलग्न कांग्रेस र एमाले नेताहरुलाई केही नगरेको भन्दै आपत्ति जनाए । ‘सरकारले जे रबैया अपनाएको छ, त्यसमा हाम्रो आपत्ति छ’, पूर्वप्रधानमन्त्री प्रचण्डले भने अरु नेताको तुलनामा अध्यक्ष प्रचण्ड रविप्रति केही नरम थिए, तर सहकारी ठगी प्रकरणमा पूर्वगृहमन्त्री रविको बचाउ गर्न हुन्न भन्नेमा सबै एकमत थिए । ‘रविलाई प्रोटेक्ट गर्न सकिन्न । अरु जोजो संलग्न छन्, उनीहरुलाई पनि कारबाही गर्न र पीडितलाई न्याय दिन दबाब दिनुपर्छ भन्ने नै हाम्रो साझा निष्कर्ष थियो ।