भारतसँग विवादित लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको भूमि समेटिएको नेपालको नयाँ नक्सा अङ्कित नोट चीनमा छाप्नका लागि सम्झौता गर्ने अन्तिम प्रक्रिया सुरु भएको नेपाल राष्ट्र ब्याङ्कले जनाएको छ ।  अन्तर्राष्ट्रिय बोलकबोलबाट छनोट भएको ‘चाइना ब्याङ्कनोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेशन’सँग छपाइको सम्झौता गर्न नेपाल राष्ट्र ब्याङ्कले सूचना जारी गरेको छ। कुनै दाबी वा विरोध नपरेको अवस्थामा अबको एक वर्षसम्म नेपालको पछिल्लो नक्सा अङ्कित १०० रुपैयाँ दरका नयाँ नोट चीनमा छापिएर आउने  छ । भारतले असन्तुष्टि व्यक्त गरेको उक्त नोटको छपाइ चीनमा गर्ने निर्णय भूराजनीतिक विषय नभई नियमित प्रक्रिया भएको छ। सार्वजनिक खरिद कानुनअनुसार महँगोमा अर्को प्रतिस्पर्धीसँग वस्तु वा सेवा लिन नपाइने नियमका कारण प्रतिस्पर्धी मूल्यकै आधारमा चीनको कम्पनी छानिएको राष्ट्र ब्याङ्कका प्रवक्ताको दाबी छ। चीनमा छापिए पनि ती नोटहरू भारतकै बाटो हुँदै नेपाल आइपुग्नेछ। चीनमा छापिने नेपाली नोटहरू भारतको कोलकाता बन्दरगाह हुँदै सडक मार्गबाट नेपाल ल्याउने गरिएको छ।

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *