२०८१ को पत्रकार सम्मेलनमा उपस्थित तारकेश्वर नगरपालिकाका उपप्रमुखज्यू, प्रमुख प्रशासकीय अधिकृतज्यू, सम्पूर्ण वडा अध्यक्षज्यूहरु, कार्यपालिकाका सदस्यज्यूहरु, उपस्थित जनप्रतिनिधिज्यूहरु, शिक्षा शाखा प्रमुख, शिक्षा समितिका सदस्यज्यूहरु, तेस्रो मेयर रनिङ शिल्ड प्रतियोगिता उपसमिति, शाखा प्रमुखहरु, तारकेश्वर सामुदायिक विद्यालय समितिका अध्यक्षज्यू, शिक्षक संघ संगठनका अध्यक्षज्यूहरु, प्याब्सन, एन प्याब्सन, हिसान, अपेनका अध्यक्षज्यूहरु, सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकर प्रिन्सिपलज्यूहरु, सम्बधित खेलका प्रशिक्षक तथा रेफ्रीज्यूहरु, सुरक्षाकर्मी, पत्रकारज्यू, कर्मचारी लगायत उपस्थित सम्पूर्ण महानुभावहरु सबैमा हार्दिक नमस्कार।

ूराष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुदू भन्ने खेल भावनाको मर्म अनुसार खेलकुदले राष्ट्रको गौरव, शान, मान, पहिचान स्थापित गर्नुका साथै हरेक व्यक्तिलाई शारीरिक तथा मानसिक रुपमा स्वस्थ बनाउछ। यो प्रतियोगिताले विद्यार्थी खेलाडीहरुको अन्तरनिहीत प्रतिभालाई उजागर गर्नुका साथै समुदाय तथा यस नगरको इज्जत, प्रतिष्ठा र गौरवसंग जोडिएको छ। नगरको आदर्श वाक्य ूपहिचान, अपनत्व र अधिकार स् दिगो विकासको आधारू भन्ने भावनालाई आत्मासाथ गर्दै आपसी सदभाव र आर्थिक, सामाजिक सांस्कृतिक विकास मात्र होइन, मानव स्वास्थ्यका लागि पनि खेलकुदलाई प्राथमिकतामा राखिएको छ। त्यसैले ूखेल तारकेश्वरको सन्देश एकताकोू भन्ने यस प्रतियोगिताको मुल नारा सहित निम्न उद्धेश्यहरु एवम् अपेक्षित उपलब्धी हासिल हुने आशा लिएको छु।

उद्धेश्यहरु
 विद्यार्थी खेलाडीहरुमा भएको अन्तरनिहीत खेल प्रतिभालाई प्रस्फुटन हुने ।
 खेल क्षेत्रबाट एकता एवम् मैत्रीपूर्ण भावनाको अभिवृद्धि हुने।
 जिल्ला तथा राष्ट्रियस्तरका खेलकुद प्रतियोगिताको लागि पूर्व तयारी हुने तथा प्रतियोगितामा सफलता प्राप्त हुने ।
 नगरस्तरीय खेलकुदको संस्थागत विकास हुने।
 खेल संस्कृतिको विकास हुने।

अपेक्षित उपलब्धी
 जिल्ला, प्रदेश तथा राष्ट्रियस्तरका खेलाडीहरु उत्पादन हुनेछन्।
 खेल प्रतिभाको उजागर हुनेछ।
 खेलकुदको माध्यमबाट स्वस्थ जनशक्ति उत्पादन हुनेछ।
 प्रतियोगिताबाट विद्यालय एवम् खेलाडीहरु बिच साझा खेल भावनाको अभिवृद्धि हुने र अनुसासन पालनामा अभिवृद्धि हुनेछ।

स्थानीय तहको दोस्रो कार्यकालको निर्वाचनबाट आफू लगायत निर्वाचित जनप्रतिनिधिहरु समेतको प्रमुख प्राथमिकतामा रहेको शुद्ध खानेपानी सहितको एक घर एक धारा, करको दायर बढाउने करको दर घटाउने, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने र स्वास्थ्य, खेलकुद सहितको पूर्वाधारको अलावा खेल क्षेत्रलाई प्राथामिकिकरण गर्दै विभिन्न विधाका खेलकुद प्रतियोगिताहरु आयोजनामा प्रोत्साहान गर्ने नीति लिइएको छ।  सामुदायिक विद्यालयहरुको शैक्षिक तथा भौतिक गुणस्तर अभिवृद्धि गर्ने कार्यक्रम अन्तर्गत विद्यालयहरुमा रहेको शिक्षक जनशक्तिको अभावलाई परिपुर्ति गर्न नगर शिक्षक अनुदान माध्यमिक तह १७ जना, आधारभूत तह १३ जना, बालविकास सहजकर्ता १८ जना र विद्यालयको सुरक्षालाई मजबुत गर्न १५ जना सुरक्षाकर्मीको दरवन्दी सिर्जना गरि कार्यन्वयन चरणमा रहेको छ। त्यसै गरि प्रत्येक विद्यालयलाई प्रविधिमैत्री एवम् म्ष्नष्तबष्शिभ बनाउन रु। एक करोड पचास लाख विनियोजन गरि ६० ‍ओटा स्मार्ट बोर्ड खरिद गरि सबै सामुदायिक विद्यालयहरुमा हस्तानान्तरण गरि प्रयोगमा रहेको छ ।सामुदायिक विद्यालयहरुमा स्कुल बस उपलब्ध गराउने कार्यक्रमलाई निरन्तरता दिइएको छ। सामुदायिक विद्यालयमा कक्षा दशमा अध्ययनरत विद्यार्थीहरुलाई एस।ई।ई। लक्षित कार्यक्रम सञ्चालन गरि क्भ्भ्(२०८० मा पृथ्वीनारायण माध्यमिक विद्यालयबाट १ जना र संस्थागत विद्यालयबाट ६ जना गरि जम्मा ७ जना विद्यार्थीहरुले ४ जि।पि।ए। ल्याउन सफल विद्यार्थीहरुलाई प्रोत्साहान स्वरुप ल्यापटप सहित नगद पुरस्कारबाट सम्मान समेत गरिएको छ। दातृ निकायको सहकार्यमा शैक्षिक कार्यक्रम सञ्चालन गरि शैक्षिक गुणस्तर अभिवृद्धि गरिएको छ।सार्वजनिक शिक्षा सबै नगरवासीहरुको पहुँचमा पु्याउन वडा नं। ८ मा सामुदायिक विद्यालय स्थापना गरिएको छ।उक्त विद्यालयलाई श्री तारकेश्वर मनमैजु सामुदायिक विद्यालय नामाकरण गरि यसै शैक्षिक सत्र देखि सञ्चालनमा आएको छ।

मेरो कार्यकालको पहिलो र दोस्रो वर्षमा ल्याइएका शैक्षिक कार्यक्रमहरु जस्तै मेयर विद्यालय सञ्चालन अनुदान, उपमेयर बालमैत्री विद्यालय अनुदान, सामुदायिक विद्यालयहरुको भौतिक पूर्वाधार निर्माण, विद्यालय बस व्यवस्थापन, सामुदायिक विद्यालयमा कार्यरत प्रधानाध्यपक, बालविकास सहजकर्ता, विद्यालय सहायक र विद्यालय सहयोगीहरुलाई थप तलब भत्तामा वृद्धि, सामुदायिक विद्यालयका शिक्षकहरुको शैक्षिक अध्ययन अवलोकन भ्रमण जस्ता आकर्षक कार्यक्रमहरु समावेश गरिएको हुनाले नगरको शैक्षिक उन्नत्तिमा थप बल पुगेको छ।जसको परिणाम स्वरुप आधारभूत तह र माध्यमिक तहको नतिजामा सुधारका संकेतहरु देखा परिसकेका छन्।शिक्षा क्षेत्रमा विगत आ।व। हरुको तुलनामा शिक्षा क्षेत्रको बजेटमा उल्लेख्य वृद्धि गरिएको छ।

एस।ई।ई। २०८० को सामुदायिक विद्यालय तर्फ ७३।३७ प्रतिशत विद्यार्थी र संस्थागत विद्यालय तर्फ ९०।५८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन।जुन राष्ट्रियस्तरको नतिजा भन्दा माथि रहेको छ। नगरको खेलकुद क्षेत्रको विकासका निम्ति नगर खेलकुद विकास सम्बन्धी कार्यविधि २०८१ नगर कार्यपालिकाको मिति २०८१ मंसिर १० गतेको बैठकबाट स्वीकृत भएको छ।

तारकेश्वर नगरपालिकाले प्रथम मेयर रनिङ शिल्ड प्रतियोगिता २०७९ माघ १२ देखि १४ गते सम्म ५ विधाका बिभिन्न इभेन्टहरुमा ३४ विद्यालयबाट १९७४ विद्यार्थीहरुको सहभागीता रहेको थियो।त्यसैगरी दोस्रो मेयर रनिङ शिल्ड प्रतियोगितामा ७ विधाका बिभिन्न इभेन्टहरुमा ४९ विद्यालयबाट २२५४ खेलाडी विद्यार्थीहरुको सहभागीता रहेको थियो । प्रथम मेयर रनिङ शिल्ड प्रतियोगितामा यस नगरपालिकाबाट विभिन्न विधामा छनौट भएर गएका खेलाडीहरुले काठमाडौं जिल्लास्तरीय १२ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता (२०७९ मा चार विधामा खेलाइएका खेलहरुमा ८ स्वर्ण, ११ रजत र ८ काश्य पदक सहित द्धितीय स्थान हासिल गर्न सफल र १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० मा चार विधामा खेलाइएका खेलहरुमा ३२ स्वर्ण, १६ रजत र ११ काश्य पदक सहित काठमाडौँ जिल्लामै प्रथम स्थान हासिल भएको कुरा अवगत गराउन चाहान्छु।

तेस्रो मेयर रनिङ शिल्ड प्रतियोगिता( २०८१ को कार्यक्रम २०८१ मंसिर १८ गते देखि २५ गते सम्म सञ्चालन हुने नगर कार्यपालिकाबाट निर्णय भई सञ्चालन हुन गईरहेको छ। उक्त प्रतियोगितामा ८ विधाका विभिन्न इभेन्टहरुमा सामुदायिक र संस्थागत गरि जम्मा ५३ विद्यालयहरुबाट ३४५४ जना विद्यार्थी खेलाडीहरु सहभागी हुने छन्। विद्यार्थीहरुमा गत वर्षको तुलनामा खेल प्रतिको सहभागीता एवम् उत्साहमा अभिवृद्धि भएको छ। यस खेलको प्रचार तथा अपनत्व जनस्तर सम्म पुगेको छ। खेलकुदको क्षेत्रलाई अझ प्रभावकारी बनाउनु पर्ने मान्यतालाई हृदयङ्गम गरी यस वर्ष फुटबल खेललाई समेत थप गरि ८ विधाका विभिन्न इभेन्टमा करिब ३० लाख बजेट विनियोजन गरिएको छ। जसबाट तारकेश्वर नगरपालिकामा शौक्षिक गुणस्तर संग संगै खेलकुदको क्षेत्रमा थप विकास हुन गई आगामी दिनमा जिल्ला, राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा हुने खेलकुद प्रतियोगितामा हाम्रा खेलाडीहरुले उत्कृष्ट खेल प्रदर्शन गरि सफलता हासिल गर्न सक्षम हुनेछन भन्ने विश्वास लिएको छु।

यस नगरमा विद्यालयतहको खेलकुदको प्रवर्धन गर्ने मेरो कार्यकालको पहिलो वर्षमा नै मेयर रनिङ शिल्ड प्रतियोगिता गर्ने नीति तय गरियो। जसको मुख्य उद्धेश्य खेलकुदको विकास, प्रतिभाशाली विद्यार्थी खेलाडीहरुको पहिचान, उनीहरुमा नगरपालिका प्रति अपनत्वको भावको विकास र सामाजिक एकतामा जिम्मेवारीको भाव विकास गर्नु हो। खेलकुदले विद्यार्थीहरुमा शारीरिक, मानसिक र बौद्धिक विकास गर्न टेवा पुराउँदछ । यसको अलवा विद्यार्थीहरुमा प्रतिस्पर्धाको भावना विकास भई सक्रिय जीवनशैली अपनाउन, डिजिटल डिभाइसको अनावश्यक प्रयोगबाट टाढा रहन प्रोत्सहान गर्दछ।त्यसै गरी प्रतिभावान विद्यार्थी खेलाडीहरुलाई स्थानीयस्तरमा मात्र नभई जिल्ला, प्रदेश तथा राष्ट्रियस्तर सम्ममा प्रतिस्पर्धा गर्न र सफलता हासिल गर्न अभिप्रेरणा प्रदान गर्दछ । उक्त खेल प्रतिको मर्म र भावनालाई आत्मासाथ गर्दै तारकेश्वर नगरपालिकाले खेलकुद क्षेत्रको प्रवर्धन गर्न, भौतिक पूर्वाधार विकास गर्न, वित्तिय लगानी अभिवृद्धि गरि तारकेश्वर नगरपालिकाको १५ औं नगरसभाको स्वीकृत नीतिगत व्यवस्था बमोजिम आवश्यक कार्य सम्पादन गरिने व्यहोरा जानकारी गराउदछु।

मेयर रनिङ शिल्ड प्रतियोगिता खेलकुदको माध्यमबाट सामुदायिक तथा संस्थागत विद्यालयहरु बिच सौहार्दता सहकार्य, समन्वय र एकता भाव अभिवृद्धि भई विद्यालयहरु बिच स्वस्थ प्रतिस्प्रर्धा, असल अभ्यासहरु आदान(प्रदान गर्ने उपयुक्त वातावरण तयार हुने विषयमा नगरपालिका आशावादी छ ।

तेस्रो मेयर रनिङ शिल्ड प्रतियोगिता(२०८१ मा पनि प्रथम र द्धितीय मेयर रनिङ शिल्ड प्रतियोगितामा जस्तै प्रतिस्पर्धी विद्यालय तथा विद्यार्थी खेलाडीहरुलाई प्रमाण(पत्र, शिल्ड, मेडलका अलवा प्रथम स्थान हासिल गर्ने विद्यालयलाई नगद रु। एक लाख, द्धितीय स्थान हासिल गर्ने विद्यालयलाई नगद रु साठ्ठी हजार, तृतीय स्थान हासिल गर्ने विद्यालयलाई नगद रु। चालीस हजार र चौथो स्थान हासिल गर्ने विद्यालयलाई सान्त्वना स्वरुप नगद रु बीस हजार प्रदान गरिने व्यवस्थालाई निरन्तरता दिइएको छ।

यस प्रतियोगिता राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका, २०७० ९पाँचौ संसोधन० को मापदण्ड भित्र रहेर सञ्चालन गरिनेछ । राष्ट्रपति रनिङ शिल्डमा समावेश भएका भलिबल, एथ्लेटिक्स, मार्सल आर्ट र कबड्डी खेलहरुका अतिरिक्त हामीले यस प्रतियोगितालाई थप आकर्षक र सहभागीतामुलक बनाउनको निमित्त फुटबल, बास्केटबल, टेवल टेनिस र व्याटमिन्टन जस्ता लोकप्रिय खेलहरु समेत समावेश गरिएको छ। यस प्रतियोगितालाई निष्पक्ष र पारदर्शी बनाउन राष्ट्रिय खेलकुद परिषद्ले निर्धारण गरेको मापदण्ड बमोजिमका रेफ्रिहरुको व्यवस्था गरिएको छ।

खेल प्रतियोगिता सञ्चालन आफैमा अवसर र चुनौतीपूर्ण कार्य भए पनि मेरो तथा नगरपालिकाको उद्धेश्य र भावनालाई सम्पूर्ण विद्यालय, खेलप्रेमि, कर्मचारी, स्वंयमसेवक, सञ्चारकर्मी, प्रशिक्षकहरु, सबै सरोकारवालाहरुले आफ्नो तर्फबाट गहन जिम्मेवारी र भूमिकाको अपेक्षा गर्दै सिमित स्रोत साधनका वावजुद धेरै विद्यालय समेटने गरि खेलका ईभेन्टहरु सञ्चालन गरिनेछ। यसबाट सम्पूर्ण नगरभित्र खेल महोत्सवको वातावरण बन्ने विश्वास लिएको छु। यस प्रतियोगिताको सूचना सम्प्रेषणको लागि सञ्चारकर्मीज्यूहरुको सहयोगको अपेक्षा गरेको छु ।

यस प्रतियोगितालाई व्यवस्थित ढंगबाट सञ्चालन एवम् व्यवस्थापन गर्न तेस्रो मेयर रनिङ शिल्ड खेलकुद उपसमिति गठन गरि उक्त समितिले खेललाई प्रभावकारी र व्यवस्थित बनाउन कार्य जिम्मेवारी बाँडफाँड गरि कार्य सम्पादन गरिरहेको जानकारी गराउदछु।

यस प्रतियोगिताको उद्घाटन सत्रमा स्थानीय बाजागाजा सहित जनप्रतिनिधिहरु, स्थानीयबासीहरु, स्काउट, विद्यार्थीहरु, खेलाडीहरु, शिक्षक लगायत सरोकारवालाहरुको उपस्थितिमा तारकेश्वर नगरपालिका प्राङ्गणबाट ्यालीमा सहभागी भई तारकेश्वर ८ टुसाल (पिपल डाँडा) खेल मैदानमा गई उद्घाटन समारोहमा परिणत हुनेछ। तेस्रो मेयर रनिङ शिल्ड प्रतियोगिताको समापन २०८१ मंसिर २५ गते दिउँसो १ः०० बजे ग्राम सेवा मा।वि। मा हुनेछ ।आजको यस प्रेस मिट कार्यक्रममा उपस्थित हुनुहुने सम्पूर्ण महानुभावहरु एवम् पत्रकार साथीहरु प्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।

जय खेल ! जय नगरवासी ! ! जय तारकेश्वर ! ! ! जय नेपाल ! ! ! !

तेस्रो मेयर रनिङ शिल्ड प्रतियोगिता(२०८१ को समय तालिका

क्र।स। विवरण मिति समय स्थान
१ प्रेस मिट २०८१।०८।१४ दिनको ३ बजे तारकेश्वर नगरपालिकाको सभा हल, धर्मस्थली, काठमाडौं
२ उद्घाटन समारोह २०८१।०८।१८ दिनको १२स१५बजे टुसाल खेल मैदान,तारकेश्वर(८
३ मार्च पास २०८१।०८।१८ दिनको ११ बजे देखी १२ बजेसम्म ग्रामसेवा मा।वि।,तारकेश्वर(६ बाट टुसाल खेल मैदान, तारकेश्वर(८
४ फुटबलः छात्र र छात्रा २०८१।०८।१८(२४ दिनको ०९ बजे देखी ५ बजेसम्म एञ्जल स्पोर्टस् एकेडेमी, तारकेश्वर(९
५ भलिबलः छात्र र छात्रा २०८१।०८।१९(२४ दिनको ०९ बजे देखी ५ बजेसम्म एञ्जल स्पोर्टस् एकेडेमी, तारकेश्वर(९
६ कबड्डीः छात्र र छात्रा २०८१।०८।१९(२४ दिनको ०९ बजे देखी ५ बजेसम्म एञ्जल स्पोर्टस् एकेडेमी, तारकेश्वर(९
७ एथ्लेटिक्स अन्तर्गतका ट्रयाक तथा फिल्ड तर्फका सबै खेल २०८१।०८।१९(२१ दिनको २स३० बजेबाट सशस्त्र प्रहरीको हलचोक खेल मैदान
८ मार्सल आर्ट तर्फ९कराँते र उसु० २०८१।०८।१९(२२ दिनको ०९ बजे देखी ५ बजेसम्म आजिमा कबड हल, तारकेश्वर(९, मनमैजु
९ मार्सल आर्ट तर्फ तेक्वान्दो २०८१।०८।२३(२४ दिनको ०९ बजे देखी ५ बजेसम्म सन फ्लावर एकेडेमी, तारकेश्वर (६,पैयांटार
१० बास्केटबल २०८१।०८।१९(२४ दिनको ०९ बजे देखी ५ बजेसम्म लालिगुराँस नेशनल एकेडेमी, तारकेश्वर(१०
११ ब्याटमिन्टन २०८१।०८।१९(२४ दिनको ०९ बजे देखी ५ बजेसम्म न्द्ध ब्याडमिन्टन हल, तारकेश्वर(१०
१२ टेबल टेनिस २०८१।०८।१९(२४ दिनको ०९ बजे देखी ५ बजेसम्म सृजना ज्ञान सागर स्कुल, तारकेश्वर(४
१३ समापन समारोह २०८१।०८।२५ दिनको १:०० बजे नगरपालिका सभाहल, तारकेश्वर(६

 

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *