दिपक न्यौपाने, काठमाडौ : ठमेल युनेस्को क्लबको संयोजन तथा नेपाल युनेस्को संघ संस्था तथा क्लबहरुको राष्ट्रिय महासंघको आयोजना तथा युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको सहयोगमा का.म.पा. वडा नं २६ को सभाहलमा १ दिने नेतृत्व तथा क्षमता बिकाश कार्यशाला सम्पन्न भयो।
उक्त कार्यक्रमको सभापतित्व युनेस्को महासंघका केन्द्रिय उपाध्यक्ष तथा ठमेल युनेस्कोका अध्यक्ष श्री अनिल सिलवालज्युले गर्नु भएको थियो। उँहाले कार्यक्रममा मायाको चिनो प्रदान गर्दै सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो।कार्यक्रमको प्रमुख अतिथिमा महासंघका केन्द्रिय अध्यक्ष तथा भानु नगरपालिका, तनहुँका नगर प्रमुख श्री आनन्द राज त्रिपाठीज्यू हुनुहुन्थ्यो। उहाँले युनेस्कोको बारेमा प्रकाश पार्नु भएको थियो। का.म.पा. वडा नं २६ का बडाध्यक्ष श्री ख्याम तिवारीज्यु ज्यू तथा पशुपति बहुमुखी क्याम्पस, चाबहिलका क्याम्पस प्रमुख श्री बिनोद चन्द्र पन्तज्यु तथा आयोगकी डा. दिब्या दबाडी ज्यू बिशिष्ठ अतिथिका रुपमा कार्यक्रममा सहभागिता जनाउँनु भएको थियो।उँहाहरुले क्षमता बिकाशको बारेमा प्रकाश पार्नु भएको थियो।
त्यस्तै कार्यक्रममा अतिथिका रुपमा महानगरीय प्रहरी बृत्तका प्रमुख, प्रहरी नायब उपरिक्षक श्री जागेश्वर भण्डारी ज्यू, नेपाल उध्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य तथा ठमेल पर्यटन परिषदका पुर्ब अध्यक्ष श्री रामशरण थपलियाज्युको पनि सहभागिता थियो। कार्यक्रममा द पावर न्यजका प्रधान सम्पादक पत्रकार श्री दिपक न्यौपानेज्यु लगयतका पत्रकारहरुको बाक्लो उपस्थिति रह्यो। कार्यक्रम महासंघका महासचिव श्री युवराज न्यौपानेज्युले संचालन गर्नु भएको थियो। कार्यक्रममा महासंघको उपाध्यक्ष श्री महेश्वर शर्माज्यू, कल्पना खड्काज्यू, प्रदेश उपाघ्यक्ष श्री खड्क बहादुर बुढाज्यू, सचिव श्री रामनाथ मैनालीज्यू, सदस्यद्वयहरु सुबास दहाल, महेश भण्डारी लगायतको उपस्थिति थियो। युनेस्कोकर्मिहरुको निकै बाक्लो उपस्थिती रहेको यस कार्यक्रममा करिब ५० जना प्रशिक्षार्थीलहरुले प्रशिक्षण लिएका थिए।