काठमाडौं : पूर्व युवराज पारस शाहलाई हृदयघात भएको छ। शाहको अवस्था अहिले खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै स्रोतले जानकारी दिएको छ। उनको नर्भिक अस्पतालमा उपचार भइरहेको छ। आइतबार बेलुका हृदयघात भएपछि शाहलाई नर्भिक अस्पताल पुर्याइएको थियो।
