बजार परिसूचक नेप्सेका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) चूडामणि चापागाईँले पद बहाली गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चापागाईँलाई सीईओमा नियुक्त गरेको थियो। मंगलबार अर्थ मन्त्रालय गएर नियुक्ति पत्र बुझेका चापागाईँले नेप्से कार्यालयमा पुगेर पद बहाली गरेका हुन्।
झापा स्थायी घर भएका चापागाईँले लामो समय सानिमा बैंकमा आबद्ध रहेर काम गरेका थिए ।पछिल्लो समय भने उनी सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका डेपुटी जनरल म्यानेजर थिए। यसअघि भने अर्कै व्यक्तिलाई नियुक्त गरिएको खबर सञ्चार माध्यममा आएका थिए। तर उक्त निर्णय प्रमाणीकरण नभएको भन्दै चापागाईँलाई नियुक्त गरिएको हो।