मदन भण्डारी राजमार्गको सिन्धुली जिल्ला दुधौली न.पा-४ एकहटियामा डकाहाबाट दुधौलीतर्फ जाँदै गरेको प्र.२-०१-००१ प ७०११ नं. मो.सा र उदयपुर गाईघाटबाट काठमाण्डौ तर्फ आउँदै गरेको बा.प्र ०३-०१ ज ४४५ न.को ई.भि. गाडी एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने नाै जना घाइते भएको छ । घाईतेलाई उपचारकोलागी नगर अस्पताल सिर्थौलीमा पठाईएको छ । सवारी साधनहरु घटनास्थलबाट हटाउने पहल भई रहेको छ । दुर्घटनापछि गाडीका चालक उदयपुरको त्रियुगा नगरपालिका ६ घर भएका ३८ वर्षीय वीरेन्द्र कुमार बस्ने प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ । दुर्घटनामा मोटरसाइकल चालक सिन्धुलीको तीनपाटन गाउँपालिका १० औलडाँडा घर भएका २६ वर्षीय प्रेम राना मगरको नगर अस्पताल सिर्थौलीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार घाइतेकाे विवरण
१.मो.सा. चालक – जिल्ला सिन्धुली तीनपाटन गा.पा. १०, औलडाँडा बस्ने वर्ष २६ को प्रेम राना मगर। टाउको, पेट, दायाँखुट्टामा चोट, अवस्था गम्भिर (ऐ. ०९;५७ बजेको समयमा नगर अस्पताल, सिर्थौलीमा उपचारको क्रममा मृत्त घोषित)।
ईभी गाडीमा सवार निम्न घाईतेहरु:-
२. जिल्ला उदयपुर त्रियुगा न.पा.११ बस्ने वर्ष ४३ की रुक्मा बस्नेत खड्काको टाउकोमा चोट, अबस्था मध्यम।
३. जिल्ला उदयपुर लालपत्ता गा.पा.६ बस्ने वर्ष २९ की रोशनी माया तामाङ दुबै खुट्टा र ढाडमा चोट अबस्था मध्यम (१०:३५ मा ट्रमा सेन्टर, काठमाण्डौं रिफर भएको ) ।
४. जिल्ला उदयपुर त्रियुगा न.पा १० बस्ने वर्ष ७० की सकुन्तला बस्नेतको दुबै खुट्टा र बाँया हातमा चोट, अवस्था सामान्य।
५. ऐ. ऐ. ११ बस्ने वर्ष १६ को आकृत खड्काको टाउकोमा चोट, अबस्था सामान्य।
६. ऐ.ऐ. ६ बस्ने वर्ष ३५ की तारा बि.क.को दुबै खुट्टा र दाहिने हातमा चोट, अबस्था मध्यम।
७. ऐ. ऐ. ११ बस्ने वर्ष ३७ को बिन्दा कटुवालको टाउँको, दुवै हात र खुट्टामा चोट, अवस्था मध्यम।
८ ऐ.ऐ. बस्ने वर्ष ७ कि सिजु राउतको बाँया खुट्टामा चोट, अवस्था सामान्य।
९. जिल्ला उदयपुर रौतामाई गा.पा.२ बस्ने वर्ष १७ को योन्जन खड्काको ढाडमा चोट, अवस्था सामान्य।
१०. जिल्ला सिन्धुली दुधौली न.पा. ८ बस्ने वर्ष ४८ कि चुडा कुमारी मिश्रको दुबै खुट्टामा चोट, अवस्था सामान्य।