नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । सुन प्रतितोला ३ हजार ९०० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८५ हजार रुपैयाँमा कारोबार भईरहेको छ । बिहीबारको बजारमा यस्तो सुन प्रतितोला एक लाख ८१ हजार १०० रुपैयाँ खरिदबिक्री भएको थियो ।
सुनको मूल्यले हिजो बिहीबार कायम मूल्यलाई ब्रेक गरेर एतिहासिक रेकर्ड बनाएको हो । यस दिन चाँदीको तोलामा ५ रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला एक हजार ९०५ रुपैयाँमा किनबेच भइरहेको छ । बिहीबारको बजारमा चाँदी प्रतितोला एक हजार ९०० रुपैयाँमा किनबेच भएको थियो । पछिल्ला दुई कारोबार दिनदेखि सुनको मूल्यमा उल्लेख्य वृद्धि भएर रेकर्ड ब्रेक गरेको छ।