भारतको ओडिसा राज्यस्थित भुवनेश्वरको कलिङ्गा इन्स्टिट्यूट अफ इन्डस्ट्रिअल टेक्नोलजी (केआईआईटी) मा अध्ययनरत एक नेपाली विद्यार्थीको मृत्युको भएको छ । घटनापछि त्यसबारे कलेज प्रतिनिधिसँग दिल्लीस्थित नेपाली दूतावासमा जानकारी लिइएको जनाइएको छ।केआईआईटीमा बीटेक पहिलो वर्ष अध्ययनरत वीरगन्जकी छात्रा प्रीशा साह, १८ को मृत्युबारे बिहीवार राति ८ बजे नै दिल्लीस्थित नेपाली दूतावासमा खबर आएको दूतावासले बताएको छ ।

“हिजो राति ती विद्यार्थी छात्रावासको कोठामा झुन्डिएको अवस्थामा फेला परेको जानकारी आयो। त्यसपछि दूतावासले पहल गरेर कलेज प्रशासन, प्रहरी, स्थानीय प्रशासन र मुख्य सचिवसँग कुरा गर्दा त्यो आत्महत्या हो भन्ने कुरा आएको दूतावासले बताएको छ ।अहिले प्रीशाको शव एम्स अस्पतालमा रहेको र उनका बुवा पुगेपछिमात्रै पोस्टमोर्टम हुने जानकारी आएको नेपाली दूतावासले जनाएको छ।भारतका लागि नेपाली राजदूत शङ्कर शर्माले उडिसाका मुख्यमन्त्री मोहनचरण माझी तथा त्यहाँका प्रमुख सचिवलाई सम्पर्क गरेर घटनाको निष्पक्ष छानबिन गर्न अनुरोध गरेको दूतावासले एक प्रेस विज्ञप्तिमार्फत् जनाएको छ।

घटनाको अनुसन्धान सुरु भएको छ भने प्रिशाको शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको  तर परिवारका सदस्य आएपछि मात्र पोष्टमार्टम गरिनेछ भनेर जानकारी गराइएको दूतावासले बताएको छ ।

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *