कागले आफू बिरामी हुँदा कमिलालाई आफ्नो शरीरभर टोक्न दिएर उपचार गर्छ !

जब काग बिसञ्चो हुन्छ अर्थात् उसको स्वास्थ्यमा समस्या आउँछ, यो कमिलाको गुँड नजिकै गएर प्वाँख फैलाएर बस्छ । यो त्यतिबेलासम्म त्यहाँ प्वाँख फैलाएर बस्छ जबसम्म कमिलाले यसलाई टोक्दैनन् वा आक्रमण गर्दैनन् । कागहरूले कमिलालाई यसरी टोकाउनुको कारण हो – कमिलाको टोकाइबाट उसको शरीरभित्र फर्मिक एसिड जान्छ जसले कागलाई फङ्गस, ब्याक्टेरिया, र परजीवीहरूबाट सिर्जिने विभिन्न रोगहरूबाट बचाउन मद्दत गर्दछ, जसले गर्दा यसलाई अन्य औषधिको आवश्यकता नपरी रोग निको हुने गर्छ।   कागको यो व्यवहारलाई “आण्टिङ” भनिन्छ र यस्तो अन्य विभिन्न चराका प्रजातिहरूले पनि गर्छन् । अतः यो सम्पूर्ण कागहरू र अन्य केही चराहरूका लागि प्राण-औषधि / वा सञ्जिवनी नै हो । कमिलाको टोकाइबाट रोग निको गराउने काग लगायतका केही चराहरूको लागि यो एक अनुपम उदाहरण हो ।  स्रोत: सामाजिक संजाल

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *