काठमाडौँ : चैत १५ गते तीनकुने घटनाका सन्दर्भलाई लिएर नेपाल पुकार डटकमका सम्पादक प्रकाशचन्द्र दाहाललाई राज्यविरुद्धको कसुरलगायतका आरोप लगाउँदै मुद्दा दायर गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएकाे छ । स्वतन्त्रतापूर्वक सञ्चारकर्ममा दाहालमाथि मुद्दा दायर भएको महासंघ काठमाडौं शाखाले जनाएको छ । आरोपलाई महासंघले स्वतन्त्र पत्रकारितामाथिको हस्तक्षेप र प्रहारको रुपमा लिएको छ ।
‘महासंघ यो हस्तक्षेपप्रति खेद प्रकट गदैं कडा आपत्ति प्रकट गर्दछ । र, घटनाको छानबिन गरी महासंघका सदस्य दाहालमाथि लगाइएको मुद्दा तत्काल फिर्ता लिई संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस स्वतन्त्रताको उपभोगको वातावरणका लागि सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदछ,’महासचिव रामप्रसाद दाहालद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ ।