गत साता ५ कारोबार दिनका लागि बजार खुलेको थियो। गत साता नेप्से परिसूचक ५ प्रतिशत बढेर बन्द भएको थियो। अघिल्लो साता २७३१.८० विन्दुमा बन्द भएको नेप्से, गत साता ५.०८ प्रतिशत अर्थात १३८.८३ अंक बढेर २८७०.६३ विन्दुमा पुगेको छ।  जसमध्ये ४ कारोबार दिन नेप्से बढेर बन्द भएको थियो १ कारोबार दिन घटेको थियो।  साप्ताहिक रुपमा नेप्सेले गत साता बुलिश पिन बार बनाएको छ। त्यसैगरी, गत साताको अन्तिम तीन कारोबार दिन पनि नेप्सेले हरियो मैनबत्ती बनाएको थियो। यसले सो साता र सो दिनहरुमा बजारमा खरिदकर्ता हाबी रहेको संकेत गर्दछ।  गत साता नेप्से परिसूचक बढेसँगै गत साताको प्रतिरोध क्षेत्र, आगामी साताको लागि टेवा क्षेत्र रहेको छ।   गत साता २७५० देखि २८०० सम्म रहेको प्रतिरोध क्षेत्र आगामी दिनको लागि टेवा क्षेत्र बनेको छ। आगामी दिनमा नेप्सेले उकालो यात्रालाई निरन्तरता दिएका ३००० देखि ३०५० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

 

गत साता नेप्सेको भोल्यूम पनि बलियो रहेको छ।

नेप्सेको हिस्टोग्राम सकारात्मक क्षेत्रमा बढ्दो क्रममा रहेको छ।

गत साता नेप्सेको स्टकास्टिक आरएसआई ओभरबट जोनमा पुगेको छ। यसले गत साता बजारमा बिक्रीचापको तुलनामा खरिदचाप बढी रहेको संकेत गर्दछ।

Similar Posts