इनफर्मेटिक्स कन्सल्टेन्सी (प्रा.) लि. ले एक विशेष समारोहको आयोजना गर्दै राष्ट्रिय क्रिकेट टोलीका फाष्ट बलर श्री करण केसीलाई आफ्नो ब्रान्ड एम्बेसडर को रूपमा नियुक्त गरेको छ। नेपालको उच्च शिक्षाको परामर्श क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव बोकेको इनफर्मेटिक्स कन्सल्टेन्सीले पारदर्शी, गुणस्तरीय र विद्यार्थी–केन्द्रित सेवा प्रदान गर्दै आएको छ। युवापुस्तामा लोकप्रिय र अनुशासित खेलाडीको रूपमा स्थापित श्री केसीको छवि विद्यार्थी र अभिभावकमाझ विश्वास निर्माणमा थप प्रभावकारी हुने विश्वास गरिएको छ।
श्री करण केसी ले कार्यक्रममा मन्तव्य दिँदै इनफर्मेटिक्स कन्सल्टेन्सीको यो अभियानमा आफू जोडिन पाउँदा गर्व महसुस भएको बताए। उनले भने, “मेरो प्रयास सधैं सकारात्मक सन्देश प्रवाह गर्ने हुन्छ। खेलमा जस्तो निरन्तर अभ्यास र इमानदारीले सफलता ल्याउँछ, त्यस्तै शिक्षा र करियर निर्माणमा पनि सही दिशानिर्देशन जरुरी हुन्छ। इनफर्मेटिक्स जस्तो अनुभवी संस्थासँग आबद्ध भएर मैले नयाँ जिम्मेवारी लिएको छु, यो अभियानले धेरै युवालाई सहयोग पुग्नेछ भन्ने आशा राखेको छु।”
कार्यक्रममा नेपाल शैक्षिक परामर्श संघका अध्यक्ष शेषराज भट्टराई, पूर्व अध्यक्ष दीपक गुरुङ, लगायतका शुभचिन्तक हरूले समेत अभिप्रेरित गर्दै शुभकामना व्यक्त गर्नु भएको थियो।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघका अध्यक्ष श्री राजेन्द्र बरालले इनफर्मेटिक्सको यो पहललाई उदाहरणीय भन्दै शुभकामना व्यक्त गरे। उनले भने, “शिक्षा परामर्श क्षेत्रमा विद्यार्थी र अभिभावकको विश्वास जित्न सक्नु सबैभन्दा ठूलो उपलब्धि हो। खेल, शिक्षा र परामर्श सेवा एकै मञ्चमा जोड्ने प्रयासले परामर्श सेवाको विश्वसनीयता अझै बढ्नेछ। करण केसीजस्तो राष्ट्रिय स्तरका खेलाडीको सहभागिता सन्देशमूलक र प्रभावशाली बन्न सक्छ।”
इनफर्मेटिक्स कन्सल्टेन्सीका निर्देशक श्री ज्ञानेन्द्र मान जोशीले ब्रान्ड एम्बेसडर घोषणा कार्यक्रमको समापन मन्तव्यमा धन्यवाद व्यक्त गर्दै यस अभियानको उद्देश्य स्पष्ट पारे। उनले भने, “हामीले विद्यार्थीको भविष्यप्रति उत्तरदायी रहनुपर्ने महसुस गर्दै यो साझेदारीको थालनी गरेका हौं। प्रेरणादायी व्यक्तित्वहरूलाई शैक्षिक सन्देशवाहक बनाउँदा, विद्यार्थीहरूमा सकारात्मक सोच, अनुशासन र लक्ष्यप्रति प्रतिबद्धता जागृत हुन्छ। यस अवसरमा विशेष सहयोग गर्नुहुने अध्यक्ष राजेन्द्र बरालज्यू, करण केसीज्यू, अन्य विशिष्ट अतिथि र उपस्थित सम्पूर्ण पत्रकार मित्रहरूलाई म हृदयदेखि धन्यवाद दिन चाहन्छु। मिडिया प्रतिनिधिहरूलाई यस समाचारलाई बढीभन्दा बढी सम्प्रेषण गरी शिक्षा क्षेत्रको प्रगतिमा योगदान पुर्याइदिनुहुन पनि अनुरोध गर्दछु।”
कार्यक्रमको समापनपश्चात जलपान र अतिथिहरूसँग अन्तर्क्रिया सत्र समेत सम्पन्न भएको थियो। इनफर्मेटिक्स कन्सल्टेन्सीले आगामी दिनहरूमा अझ प्रभावकारी कार्यक्रममार्फत अन्तर्राष्ट्रिय शिक्षा यात्रालाई सहज र भरपर्दो बनाउने प्रतिबद्धता व्यक्त गरेको छ
