Shree-Krishna

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै । आजको यस पावन दिनमा, सम्पूर्ण हिन्दु धर्मावलम्बीहरूले भगवान श्रीकृष्णको जन्मोत्सव, श्रीकृष्ण जन्माष्टमी धूमधामपूर्वक श्रद्धा, भक्ति र उत्साहका साथ मनाउँदै छन्। भगवान श्रीकृष्णले अन्याय, अधर्म र अज्ञानको अन्त्य गरी धर्म, सत्य र प्रेमको स्थापना गर्न जन्म लिनुभएको हो।

जन्माष्टमीका दिन भगवान् कृष्णका गुणकीर्तन गर्ने, उनको आराधना गर्ने, जाग्राम बसी रातमा उनको जन्म समयको प्रतीक्षा गर्ने र भोलिपल्ट उत्सव मनाउने परम्परा छ। पौराणिक ग्रन्थहरूमा यो दिन गरिने भगवान् कृष्णको आराधनाको विधि उल्लेख भएको पाइन्छ। उनको जीवनचर्या र उपदेशहरू आज पनि हाम्रो जीवनका लागि मार्गदर्शक बनेका छन्। भगवद्गीता मार्फत कृष्णले कर्मयोग, भक्तियोग र ज्ञानयोगको महत्वलाई स्पष्ट पारेका छन्।

लतिपुरको पाटनको कृष्ण मन्दिरमा बिहानैदेखि श्रद्धालुको घुइँचो लागेको छ। पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिरमा पनि अहिले भक्तजनको घुइँचो छ। आज कृष्ण मन्दिरमा  भक्तजनको घुइँचो लागेको छ।

यस अवसरमा हामी सबैले आफ्ना विचार, व्यवहार र कर्मलाई शुद्ध गर्दै सत्य, धर्म र नैतिकताको बाटो अँगाल्न प्रतिबद्ध बन्नुपर्छ। समाजमा शान्ति, सद्भाव, सहिष्णुता र भाईचारा कायम गर्दै राष्ट्र निर्माणमा योगदान पुर्‍याउनु नै श्रीकृष्णप्रति हाम्रो सच्चा श्रद्धा हुनेछ।

Similar Posts