काठमाडौँ  : आज आश्विन शुक्ल सप्तमी अर्थात् फूलपातीको दिन। नेपालीहरूको महान् चाड बडादशैंअन्तर्गत सप्तमीका दिन बिहानै विभिन्न देवीस्थान र शक्तिपीठहरूमा विशेष पूजा आराधना गरिएको छ। परम्पराअनुसार गोरखाबाट ल्याइने फूलपाती आज बिहानै काठमाडौँ भित्र्याइएको छ। गोरखाको दशैंघरमा विधिपूर्वक पूजा गरेर निकालिएको फूलपातीलाई परम्परागत बाजागाजासहित काठमाडौँ भित्र्याइने प्रचलन छ। सो अवसरमा नेपाली सेनाले विशेष सलामी अर्पण गर्ने चलन रहेको छ। फूलपाती भित्र्याएसँगै दशैं घरघरमा औपचारिक रुपमा प्रवेश गर्ने गर्छ। यस दिनदेखि देवीको शक्तिको आराधना अझ विशेष मानिने भएकाले घर–घरमा देवी पूजाआजासहित जमरा राखिएको घटस्थापनाको पूजा विधि अझ प्रबल बनाइन्छ। यसरी फूलपाती भित्र्याइसकेपछि दशैं पर्वको उल्लास र उत्साह अझ बढ्ने गरेको छ।

Similar Posts