मंगलबार नेपाली बजारमा सुन र चाँदीको मूल्य उलेख्य बढेको छ । यस दिन सुन प्रतितोला ४ हजार ९०० रुपैयाँले र चाँदी तोलामा ५० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला २ लाख ४६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । पछिल्ला दिनमा निरन्तर बढेको सुनको मूल्यमा उलेख्य बढेको हो । सोमबार दुई हजार नौ सय रूपैयाँले बढेपछि दुई लाख ४१ हजार पाँच सय रूपैयाँमा किनबेच भएको थियो। अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस चार हजार एक सय ३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
स्थानीय बजारमा मंगलबार चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय पाँच रूपैयाँले मूल्य बढेर चाँदी तीन हजार एक सय ७० रूपैयाँमा कारोबार भइरहेको छ।
