नेपाली बजारमा सुनको मूल्य निरन्तर बढेको छ भने चाँदीकाे घटेको छ । विवाहको याम सुरु भएसँगै सुनको मूल्य निरन्तर बढिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ७७ हजार ८०० कायम भएको छ भने त्यति नै परिमाणको सेतो धातुको मोल  रु पाँच हजार ६२५ निर्धारण भएको छ । यसदिन सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको छ भने चाँदी तोलामा २० रुपैयाँले घटेको छ । अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढाव, डलर विनिमय दर तथा भूराजनीतिक अनिश्चितताका कारण स्थानीय बजारमा पनि मूल्य प्रभावित भएको महासङ्घले जनाएको छ ।

 

 

Similar Posts