यूरोपेली संसदले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही युरोपेली देशहरूमाथि नयाँ टैरिफ को धम्की दिएपछि यूरोपियन संघ (EU) र अमेरिकाबीचको व्यापार सम्झौताको अनुमोदन (ratification) निलम्बन गर्ने निर्णय गरेपछि विश्वव्यापी बजारमा ठूलो हलचल मच्चिएको छ। ग्रीनल्यान्ड लिने आफ्नो योजनाको विरोध गर्ने युरोपेली देशहरूमाथि थप ट्यारिफ लगाउने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको धम्कीबीच यो कदमसँगै अमेरिका र युरोपबीच थप तनाव चुलिने देखिन्छ।
जनवरी २०२६ को अन्त्यतिर, अमेरिका-EU सम्बन्धमा तनाव बढेको छ जब ट्रम्पले ग्रीनल्याण्ड (एक डेनिश स्वायत्त क्षेत्र) सम्बन्धी आफ्ना भू-रणनीतिक माग पुरा नगरेमा युरोपेली मुलुकहरूमा १०% देखि २५% सम्मका आयात टैरिफ लगाउने धम्की दिए। यसको जवाफमा, यूरोपेली संसदले २०२५ जुलाईमा हस्ताक्षर भएको व्यापारीक समझौताको अनुमोदन प्रक्रिया रोक्ने निर्णय गरेको छ — जसले दुई विशाल अर्थव्यवस्थाबीचको व्यापार सम्बन्धलाई अनिश्चिततामा पुर्याएको छ। फ्रान्स लगायतका प्रमुख EU सदस्यहरु पनि सम्झौता रोक्ने पक्षमा छन्, तर केही राजनीतिक समूहले यसलाई गलत निर्णय भनी आलोचना पनि गरेका छन्।
अमेरिका र युरोपबीच जारी बाझाबाझका कारण वित्तीय बजार हल्लिएको छ, जसले व्यापारयुद्ध तथा अमेरिकाले अवलम्बन गरेका व्यापारका उपायहरूविरुद्ध जबाफी कारवाहीका सम्भावनाबारे फेरि चर्चा सुरु भएको छ।
अमेरिकाको डाउ जोन्समा १.७ प्रतिशतभन्दा बढीले गिरावट आयो भने एस एन्ड पी ५०० मा २ प्रतिशतभन्दा बढी र नास्डाकको कारोबारमा २.४ प्रतिशतभन्दा बढीको गिरावट भएको देखियो।एशिया प्यासिफिक क्षेत्रका शेअर बजारहरूमा बुधवार मिश्रित असर देखिएको छ। जापान र अस्ट्रेलियामा सामान्य गिरावट भएको छ भने मुख्य भूभाग चीनमा शेअर बजार उकालो लागेको पाइएको छ।
सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ र पहिलो पटक प्रतिआउन्स ४,८०० अमेरिकी डलर नाघेको छ। चाँदीको मूल्य ९४ डलर प्रतिआउन्सको कीर्तिमान उच्च स्तरबाट खसेको छ।
संयुक्त राष्ट्रको विश्व व्यापार संगठन (WTO) अन्तर्गत मुद्दा उठ्ने सम्भावना पनि देखिन्छ, जसले तयार आपूर्ति शृंखलामा थप दबाब पार्न सक्छ। व्यापार बाधाहरुले अन्य क्षेत्रहरूलाई पनि आफूलाई पुन:व्यवस्थित गर्न बाध्य तुल्याउनेछ, जसले आपूर्ति नेटवर्कलाई फेरि आकार दिन सक्छ।
