टोखा नगरपालिका अन्तर्गत निर्वाचन क्षेत्र नं ५ लगायतका विभिन्न निर्वाचन क्षेत्रका विद्यालय तथा सम्भावित निर्वाचन स्थलहरूको निर्वाचनका लागि उपयुक्तता मूल्याङ्कन गर्न संयुक्त अनुगमन गरिएको छ। सहायक निर्वाचन अधिकृत निर्वाचन अधिकृत श्रद्धा रिजाल तथा सुदिप पोखरेल को संयुक्त टोली रहनु भएको थियो भने टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कलम भट्टराई, शिक्षा विभागका प्रमुख खगेन्द्र सिंह धामी लगायत नगरपालिकाका प्रतिनिधिहरूको टोलीले संयुक्त रूपमा स्थलगत अनुगमन गरेको हो। अनुगमनका क्रममा विद्यालयको भौतिक पूर्वाधार, कक्षाकोठाको अवस्था, पहुँच मार्ग, सुरक्षा व्यवस्था, विद्युत् तथा खानेपानी सुविधा, शौचालय, अपाङ्गमैत्री संरचना लगायतका पक्षहरूको मूल्याङ्कन गरिएको जनाइएको छ।

टोलीले सम्भावित मतदान केन्द्र बन्न सक्ने विद्यालय तथा स्थलहरूको निरीक्षण गर्दै निर्वाचन सञ्चालनका लागि आवश्यक न्यूनतम मापदण्ड पूरा भए/नभएको बारे प्रतिवेदन तयार गर्ने जनाएको छ। कमजोर पूर्वाधार भएका स्थलहरूमा सुधारका लागि सम्बन्धित निकायलाई सिफारिस गर्ने तथा आवश्यक व्यवस्थापन तत्काल अघि बढाइने बताइएको छ।

प्रमुख प्रशासकीय अधिकृत भट्टराईले निष्पक्ष, सुरक्षित र व्यवस्थित निर्वाचन सम्पन्न गर्न पूर्वतयारी अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गर्दै समयमै स्थल पहिचान र व्यवस्थापन गर्नु नगरपालिकाको प्राथमिकता रहेको बताए। शिक्षा विभाग प्रमुख धामीले विद्यालयहरूलाई निर्वाचनमैत्री बनाउन आवश्यक पूर्वाधार सुधार तथा व्यवस्थापनमा नगरपालिकाले सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे। संयुक्त अनुगमनबाट प्राप्त निष्कर्षका आधारमा आगामी निर्वाचनका लागि उपयुक्त स्थल छनोट, व्यवस्थापन योजना र आवश्यक सुधार कार्य अघि बढाइने नगरपालिकाले जनाएको छ।

Similar Posts