काठमाडौंका पूर्व प्रमुख जिल्ला अधिकारी छवि रिजाल लाई मंगलबार बिहान काठमाडौंको सुविधानगर क्षेत्रबाट प्रहरीले पक्राउ गरेको छ। उनलाई ‘जेन–जी आन्दोलन’ का क्रममा भएको दमन तथा मानवअधिकार उल्लङ्घनसम्बन्धी आरोपमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बताइएको छ। उक्त आन्दोलनका बेला उनी काठमाडौंका सीडीओ रहेका थिए र सोही घटनामा बल प्रयोग तथा निर्णय प्रक्रियामा लापरबाही गरेको भन्दै जाँचबुझ आयोगले कारबाही सिफारिस गरेको थियो। साथै, उनीमाथि गोली चलाउने आदेश दिएको आरोपसमेत लाग्दै आएको भए पनि उनले त्यसलाई अस्वीकार गर्दै आएका छन्। हाल उनलाई हिरासतमा राखी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

Similar Posts