विदेश मन्त्रालयका प्रवक्ताले खसोखासलाई दिएको जानकारी अनुशार केही दिनमा नै अमेरिकी विदेश मन्त्रालयले आफ्नो वेबसाइट र फेडरल रजिस्टरमा यसबारे सुचना प्रकाशित गर्ने तयारी गरिरहेको छ । डिभी लोटरी २०२६ अक्टोबरको सुरुमा खुल्ने भएको छ । उक्त सुचनामा डिभी भर्ने मिति, योग्यताहरु, योग्य देशहरुको सूची लगायतका विवरणहरु समावेश गरिनेछ ।
डिभी लोटरी भर्न पासपोर्ट अनिवार्य गर्ने ट्रम्पकालिन नियम अमेरिकी विदेश मन्त्रालयले पुन ल्याउने योजना बनाएपनि यो नियम अक्टोबरमा खुल्ने डिभीमा भने लागु नहुने भएको छ । यो नियम सुरुमा गत फेब्रुअरीमा ल्याउने योजना बनाइएपनि अब यो नियम आगामी डिसेम्बरमा मात्र प्रस्तावित नियमका रुपमा ल्याइने भएको छ । अमेरिकी विदेश मन्त्रालयले डाइभर्सिटी भिसाका नियमहरूमा संशोधन प्रस्ताव गर्ने योजना बनाएको हो, जसमा आवेदकहरूले अनलाइन डिभी लोटरी भर्दा वैध, म्याद समाप्त नभएको पासपोर्टको जानकारी प्रदान गर्न आवश्यक हुनेछ।