काठमाडौं   : सञ्चालनमा रहेका २० वाणिज्य बैंकले चालु आव प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन् । २० वाणिज्य बैंकको नाफा समग्रमा २०.१७ प्रतिशतले बढेको छ ।  चालु आर्थिक वर्ष (चालु) २०८१/८२ को मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको नियामकीय व्यवस्थामा अपनाएको लचकताले उनीहरूको नाफामा सुधार देखिएको छ । अधिकांश बैंकको खुद ब्याज आम्दानी गिरावट आए पनि सम्भावित कर्जा नोक्सानीका लागि गरेको ‘प्रोभिजन’ घट्दा बैंकहरूको नाफामा सुधार देखिएको छ । राष्ट्र बैंकले कोभिड-१९ पछि कसिलो बनाएको बैंक तथा वित्तीय संस्थाको नियामकीय नीति क्रमशः खुकुलो बनाउँदै लगेको छ । गत साउनमा सार्वजनिक मौद्रिक नीतिमार्फत असल वर्गमा वर्गीकरण भएको कर्जामा १.२ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्नेमा चालु आवबाट १.१ प्रतिशत मात्रै कर्जा नोक्सानी व्यवस्था गर्दा हुने भएको छ ।   । गत आव प्रथम त्रैमासमा २० वाणिज्य बैंकले १३ अर्ब ४७ करोड २२ लाख रुपैयाँ नाफा कमाएका थिए । चालु आव सोही अवधिमा १६ अर्ब १८ करोड ९५ लाख नाफा कमाएका छन् । सञ्चालनमा रहेका २० वाणिज्य बैंकले चालु आव प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन् । २० वाणिज्य बैंकको नाफा समग्रमा २०.१७ प्रतिशतले बढेको छ । भाखा नाघेको कर्जाको बक्यौता ब्याज असुल भएर ६ महिनासम्म नियमित भए मात्रै असल वर्गमा वर्गीकरण गर्न पाइने र ६ महिनासम्म जुन वर्गमा वर्गीकरण भएको थियो ।  चालु आवबाट भाखा नाघेको कर्जा असुल भएर नियमित हुनासाथ सूक्ष्म निगरानीमा राखेर ५ प्रतिशत मात्रै कर्जा नोक्सानी व्यवस्था गर्दा हुने र ६ महिनासम्म नियमित भए असल वर्गमा वर्गीकरण गर्न सक्ने व्यवस्था गरेको छ ।

२२ असोजमा एकीकृत निर्देशन संशोधन गर्दै ५० मेगावाटभन्दा ठूला हाइड्रोपावरको ६० प्रतिशत निर्माण सम्पन्न भएपछि ग्रेस अवधिको पूँजीकृत ब्याज आम्दानी जनाउन सक्ने व्यवस्था गरिएको छ । राष्ट्र बैंकले नियामकीय व्यवस्थामा लिएको लचकताले गर्दा सम्भावित कर्जा नोक्सानी व्यवस्था घटेको छ । जसले खुद ब्याज आम्दानी घटे पनि बैंकहरूको नाफा समग्रमा बढेको छ । २० मध्ये १२ बैंकले नाफा बढाउँदा ८ बैंकको भने घटेको छ । चालु आव प्रथम त्रैमासमा बैंकहरूको खुद ब्याज आम्दानी ६.०९ प्रतिशतल घटेको छ । गत आव प्रथम त्रैमासमा ४९ अर्ब ५६ करोड ७७ लाख रहेको २० वाणिज्य बैंकको खुद ब्याज आम्दानी चालु आव सोही अवधिमा ४६ अर्ब ५४ करोड ९१ लाख मात्रै छ । २० मध्ये ६ बैंकको मात्रै खुद ब्याज आम्दानी वृद्धि हुँदा १४ बैंकको घटेको छ ।

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *