दक्षिण कोरियाले ईपीएस प्रणालीबाट बाङ्ग्लादेश, श्रीलङ्का, पाकिस्तान, कम्बोडिया, म्यान्मार लगायत १६ वटा देशहरूबाट कामदार लैजाने गरेको छ। जसमध्ये पछिल्ला वर्षहरूमा सबैभन्दा धेरै कामदार नेपालबाट लैजाँदै आएको छ। सन् २०२३ मा नेपालबाट ईपीएस प्रणालीअन्तर्गत १९,२१४ जना कामदार रोजगारीका लागि छनोट भएका थिए। त्यसअघि सन् २०२२ मा १४,००० जना गएको ईपीएस कोरिया शाखाका अधिकारीहरू बताउँछन्। यो वर्ष दक्षिण कोरियाले सन् २०२४ मा १ लाख ६५ हजार विदेशी कामदारहरू भित्र्याउने लक्ष्य राखेको जनाएको छ। उत्पादनमूलक क्षेत्र बाहेकका परीक्षाहरू नहुँदा यो वर्षका सुरुआती महिनाहरूमा नेपालबाट जाने कामदारहरूको सङ्ख्या केही घटेको थियो। तर दक्षिण कोरियाले कृषि तथा पशुपालन र उत्पादनमूलक क्षेत्रमा काम गर्न भाषा परीक्षा उत्तीर्ण गरेका नेपालीहरूलाई क्षेत्र परिवर्तन गरेर सेवा क्षेत्रमा रोजगारीका लागि आवेदन दिने मौका दिएको थियो।

Similar Posts