नेपालको दोस्रो ठूलो निर्यात गन्तव्य अमेरिकासँग नयाँ व्यापार सम्झौता गर्न आफूहरू तयार रहेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीले बताएका छन्।राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाको व्यापार नीतिमा व्यापक फेरबदल गरेका कारण उनको ‘ट्यारिफ’ (अमेरिकाले उसका आयातमा लगाउने शुल्क) बाट ‘जोगिन’ कैयन् देशहरूले अमेरिकासँग नवीन व्यापार सम्झौता गर्न खोजिरहेका छन्।”लामो समयदेखि नेपालले अमेरिकासँग व्यापारसम्बन्धी एउटा फ्रेमवर्क सम्झौतामा रहेर काम गरिरहेका छौँ। हाल विद्यमान रहेको ‘टिफा’ भनिने उक्त सम्झौतालाई थप परिमार्जित हुने गरी नयाँ सम्झौता गर्न सरकार तयार छ,” उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीले  बताएका छन्।

अघिल्लो वर्ष काठमान्डूमा बसेको टिफा परिषद्को सबैभन्दा पछिल्लो बैठकमा नेपालले अमेरिकाले शून्य तथा सहुलियतपूर्ण भन्सारदरको सुविधा दिँदै आएका वस्तुको सूचीमा थप ११ वस्तु समावेश गराएकोआपूर्तिमन्त्रीले बताएका छन्।ट्रम्पले लिएको ‘ट्यारिफ’ नीतिका कारण विश्वभरिका अर्थतन्त्रमा उथलपुथल हुने जानकारहरूले चेतावनी दिइरहेका छन्।देशहरूलाई जति अमेरिकासँग व्यापार बढ्ता छ उति धेरै असर पर्ने ठानिएको छ।नेपालको हकमा अमेरिका महत्त्वपूर्ण व्यापारिक साझेदार रहे पनि ऊसँग नेपालको धेरैजसो व्यापार घाटा नै हुने गरेको छ।

ट्रम्पले विभिन्न देशहरूलाई चर्को ट्यारिफ लगाउने बताइरहँदा यसबाट नेपालका सामु ‘सम्भावना’ समेत खुल्ने आपूर्तिमन्त्रीले बताएका छन्।यसअघि उनले लागु गराएको र पछि ९० दिनलाई स्थगित गरेका अतिरिक्त ट्यारिफको नीति फेरि लागु भए भने तयारी पोसाक, गलैँचाजस्ता सामान निर्यातमा नेपालले लाभ लिन सक्ने सम्भावना उनले औँल्याए।ट्रम्पले भारतलाई २६%, बाङ्ग्लादेशलाई ३७%, भियतनामलाई ४६%, श्रीलङ्कालाई ४४% अनि पाकिस्तानलाई २९%का चर्को अतिरिक्त ट्यारिफ लगाइदिएका थिए भने नेपाललाई चाहिँ १०%को आधारभूत ट्यारिफ दर लगाइदिएका थिए।

विश्वमा वस्तु निर्यातका लागि देखापरेको होडबाजीका माझ आफ्ना वस्तु निर्यात प्रवर्धनका लागि नेपालले एकीकृत व्यापार रणनीति बनाएको र त्यसलाई सरकारको नीति, कार्यक्रम र बजेटमा समावेश गरिने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीले जानकारी दिएको छ।

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *