विगत एक साताकै कारोबार हेर्दा मङ्गलवार सामान्य अर्थात्‌ १.०३ अङ्कले बढेको पाइयो जबकि त्यसअघि पाँच दिनसम्म केही अङ्कले घटेको देखियो। यद्यपि अहिले ६/७ अर्ब रुपैयाँका हाराहारीमा दैनिक कारोबार हुने गरेको छ। “व्यापारीले कारोबार गरिरहेकै छन्, तर उल्लेख्य रूपमा घट्ने वा बढ्ने भइरहेको छैन। लगानीकर्ताहरू अहिले दैनिक हुने गरेको कारोबार रकमलाई ठूलो मान्न नसकिने बताउँछन्। “विसं २०८० सालको साउनदेखि २०८१ को साउनसम्म एकदम राम्रो कारोबार भएको थियो। साउनपछि राम्रो हुन सकेन। २०/२२ अर्ब रुपैयाँसम्म कारोबार भएको पृष्ठभूमिमा ५/६ अर्ब रुपैयाँलाई धेरै ठूलो भन्न सकिँदैन, । जानकारहरूका अनुसार शेअर कारोबारमा सामान्यतया तीनवटा ‘ट्रेन्ड’ अर्थात् प्रवृत्ति देखिन्छन् : ‘अप ट्रेन्ड’, ‘डाउन ट्रेन्ड’ र ‘साइडवेज’।

“अहिले चाहिँ ‘साइडवेज’ अर्थात्‌ स्थिर अवस्था छ। न तल जान सकेको छ, न त माथि जान सकेको छ। लगानीकर्ता घिमिरेका अनुसार शेअर कारोबारमा उतारचढाव ल्याउने कुनै कुरा बजारमा नभएर पनि यो अवस्था देखिएको हो। “सकारात्मक कुरा भए शेअर कारोबार उकालो लाग्थ्यो भने निरुत्साहित गर्ने कुरा भए ओरालो झर्थ्यो। अहिले लगानीकर्ताले ऋण लिएर लगानी गर्नतर्फ खासै रुचि नदेखाएर पनि कारोबार स्थिर देखिएको घिमिरे बताउँछन्। शेअर कारोबार अहिले स्थिरजसो देखिइरहँदा उतारचढाव हुने समयबारे अनुमान लगाउन सहज नभएको जानकारहरू बताउँछन्। यद्यपि आउँदा दिनमा दुईवटा घटनाक्रमले शेअर कारोबारमा घटबढ निम्त्याउन सक्ने लगानीहकर्ताहरूले बताएका छन्।

हप्तौँदेखि गभर्नर पद रिक्त रहे पनि सरकारले अहिलेसम्म कसैलाई नियुक्त गर्न सकेको छैन। गभर्नर नियुक्तिकै विषयले प्रमुख सत्ताधारी दल नेपाली कांग्रेस र नेकपा एमालेको सम्बन्धमा दरार निम्तिन सक्ने चर्चा पनि अहिले चलिरहेको छ।

यसको असर पछिल्लो समय शेअर बजारमा समेत परेको कतिपय लगानीकर्ताहरू बताउँछन्। “लामो समयदेखि [गभर्नर] नियुक्त नहुँदा के होला, को होला भन्ने लगानीकर्तामा छ किनभने राष्ट्र ब्याङ्कले पनि शेअर बजारलाई ‘मोनिटर’ गरिरहेको हुन्छ,” बजार उकालो लाग्न नसक्नुको एउटा कारणबारे लगानीकर्ता राधा पोखरेलले भनिन्।

सरकारले जेठ १५ गते नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने छ। नीति तथा कार्यक्रम घोषणा गरिसकेको सरकार अहिले सरकार बजेटको तयारीमा जुटेको छ। शेअर कारोबारप्रति बजेटमा लिइने नीतिले आउँदा दिनमा बजारको दिशा निर्धारण गर्न सक्ने जानकारहरू बताउँछन्। “नयाँ बजेटलाई शेअर लगानीकर्ताहरूले कसरी लिनेछन्, शेअर बजारलाई बजेटले कसरी सम्बोधन गर्ने छ। नेपालमा शेअर बजारले कतिपय देशमा जस्तो मुलुकको अर्थतन्त्रलाई प्रतिबिम्बित गर्न नसकेको विज्ञहरूले बताउने गरेका छन्। कतिपय विकसित देशमा शेअर बजारको अवस्था हेरेर त्यहाँको अर्थतन्त्रको अवस्था सहजै अनुमान गर्न सकिने भए पनि नेपालमा अझै त्यस्तो परिस्थिति बन्न नसकेको उनीहरूको तर्क छ।

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *