अफ्रिकी देश युगान्डामा चिम्पान्जीहरूले चोटपटक र अरू घाउ लाग्दा उपचार गर्न विभिन्न तरिकाले वनस्पतिहरू प्रयोग गरेर उपचार गरेको वैज्ञानिकहरूले देखेका छन्। पारिस्थितिक प्रणालीसम्बन्धी ‘फ्रन्टिअर्स इन इकोलजी एन्ड ईभलूशन’ जर्नलमा प्रकाशित शोधमा अनुसन्धानकर्ताहरूले जङ्गलमा स्वस्थ रहन चिम्पान्जी, ओराङ्उटान र गोरिलाहरूले प्राकृतिक औषधि प्रयोग गर्ने विभिन्न तरिकाबारे यसअघि जुटेका प्रमाणहरूमा थप तथ्यहरू जुटाएका छन्।

चोटपटक लागेको अवस्थामा चिम्पान्जीहरूले के गर्दा रहेछन् भन्ने खोजी गर्ने क्रममा ती जीवले आफ्नो उपचारका लागि निश्चित प्रकारका बोटबिरुवा खोज्ने र खाने गरेको गत वर्ष पत्ता लागेको थियो। बुडोङ्गो फरेस्टसँगको सहकार्यमा अध्ययनमा सहभागी अक्स्फर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले चिम्पान्जीहरूले आफ्नो र कहिलेकाहीँ आफ्नो समूहका अरू जीवको ‘प्राथमिक उपचार’का लागि औषधीय वनस्पति प्रयोग गरेको देखिने दृश्य पनि खिचेका छन्। वैज्ञानिकहरूले दशकौँ देखि गरेका अवलोकनको अभिलेख र अक्स्फर्डका वैज्ञानिकहरूको पछिल्लो अध्ययनले चिम्पान्जीहरूले “जङ्गलमा प्राथमिक उपचार” गर्ने विभिन्न विधिहरू भएको देखाएका छन्।

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *