जेन जी’ प्रदर्शनका क्रममा प्रशासनबाट भएको बल प्रयोगमा कैयौँ युवाहरूको मृत्यु भएपछि तीव्र आलोचनाको सामना गरिरहेका गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा बुझाएका छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमवार अबेर राजीनामा बुझाएका हुन्। यद्यपि प्रधानमन्त्रीले उनको राजीनामा स्वीकृत गर्न बाँकी रहेको बैठकमा सहभागी दुई मन्त्रीले बताएका छन्। ‘जेन जी’ प्रदर्शनका क्रममा प्रशासनबाट भएको बल प्रयोगमा कैयौँ युवाहरूको मृत्यु भएपछि तीव्र आलोचनाको सामना गरिरहेका गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा बुझाएका छन्। सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले भने गृहमन्त्रीले ‘प्रधानमन्त्रीलाई [राजीनामा] बुझाएको हुन सक्ने’ तर गठबन्धनको सरकार भएकाले त्यसबारे प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भइरहेको  बताईएको छ ।

Similar Posts