२४ भदौ, काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले चक्रपथ क्षेत्रभित्र कर्फ्यु लगाएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले मंगलबार बिहानदेखि कर्फ्यु लगाउने निर्णय गरेको हो। आज बिहान साढे ८ बजेदेखि लागू हुने गरी अर्को आदेश नभएसम्मका लागि चक्रपथ क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।
