प्रधानमन्त्री सुशीला कार्की मन्त्रिपरिषदमा दुईजना मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा डा सुधा शर्मा गौतम र युवा तथा खेलकुद मन्त्रीमा बब्लु गुप्ताले पद तथा गोपनीयताको शपथ लिएका छन् । खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठको सपथ भने रोकिएको छ । सुनारलाई श्रम तथा रोजगार र श्रेष्ठलाई भूमि सुधार मन्त्रीमा सिफारिस गरिएकाे थियाे । उनीहरु विवादमा मुछिएपछि सपथ रोकिएको हो ।

Similar Posts