काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक विन्सेन्जो अल्बर्टो रस (Vincenzo Alberto Ross) ले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनीले व्यक्तिगत कारणसहित वर्तमान फुटबल व्यवस्थापनमा देखिएका चुनौतीका कारण पद त्याग गरेको बताइएको  छ ।  २०२३ मा नेपाली टिमका मुख्य प्रशिक्षक बनेका थिए । उनको नेतृत्वमा नेपालले विश्वकप छनोट प्रतियोगिता, साफ च्याम्पियनसिप लगायतका विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको थियो । मुख्य रूपमा युवा खेलाडीहरूलाई अवसर दिने र आक्रामक खेल शैली अपनाउने प्रयास उनले गरेका थिए । तर, अवस्थित खेल संरचना, पूर्वाधारको कमी र निरन्तर नतिजा दिन नसक्ने समस्याका कारण उनले असन्तुष्टि व्यक्त गरेका थिए ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अधिकारीहरूले उनको राजीनामा स्वीकृत भएको पुष्टि गर्दै चाँडै नै नयाँ प्रशिक्षक वा कार्यवाहक नियुक्त गर्ने तयारी भइरहेको बताएका छन् । रसले सामाजिक सञ्जालमार्फत भनेका छन्, “नेपालको राष्ट्रिय टिमको नेतृत्व गर्न पाउनु मेरो लागि गर्वको कुरा हो । खेलाडीहरू र समर्थकहरूलाई भविष्यका लागि शुभकामना दिन्छु ।”

Similar Posts