काठमाडौँ  : शुक्रबार बिहानैदेखि परेको भारी वर्षाका कारण दिनभर आन्तरिक उडान प्रभावित भएका छन् ।  खराब मौसमका कारण देखाउँदै नेपाल नागरिक उड्डयन प्राधिकरणले शुक्रबार बेलुकी ७ बजेदेखि शनिबार बिहानसम्मका सबै आन्तरिक उडानलाई रद्द गर्ने निर्णय गरेको छ ।काठमाडौं सहित देशभरका आन्तरिक विमानस्थलमा दैनिक ३ सय हाराहारी दुईतर्फी उडान हुनेमा शुक्रबार ७५ प्रतिशत उडान कटौती भएको प्रारम्भिक अनुमान छ । प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार, खराब मौसमका कारण देशभरका सबै विमानस्थल र हवाई रुटमा अत्यधिक जहाज हल्लाउने, डाइभर्ट हुने क्रम बढेपछि प्राधिकरणले भोलि शनिबार मौसममा सुधार नआएसम्म कतै पनि आन्तरिक उडान नगराउने भएको हो ।   सहप्रवक्ता भुलले भने  शनिबार पनि मौसममा सुधार आएमा मात्रै उडान सुचारु हुने छन् ।’   त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनल कार्यालयले अधिकांश वायुसेवाले उडान कटौती गरेको जानकारी इमेलबाट पठाउने गरेकाले अहिले तथ्यांक संकलन भइरहेको जनाएको छ । नेपालमा ७ वटा वायुसेवाले दैनिक आन्तरिक रुटमा उडान गर्छन् ।

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *