दशैँपछि सहरी क्षेत्रमा डेङ्गी रोगको प्रकोप र पहिल्यै अन्य रोग भएका बिरामी अस्पतालमा भर्ना हुने दर बढेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ताले बताएका छन्।  टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत एक सङ्क्रामक रोग विशेषज्ञका अनुसार नेपालमा बर्खा सकिएपछि डेङ्गी फैलिने जोखिम पहिलादेखि नै देखिँदै आएको थियो। “अझै एक महिना नेपालमा डेङ्गी सङ्क्रमण बढ्न सक्ने देखिन्छ र त्यसबीचमा थप क्षति नहोस् भन्नका लागि हामी सजग भएका छन्। जनस्वास्थविज्ञ तथा स्वास्थ्यकर्मीले सङ्क्रमित लामखुट्टेबाट सर्ने उक्त रोगको थप जोखिम औँल्याएपछि यही साता स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सातवटै प्रदेशका स्वास्थ्यमन्त्रीहरूसहित स्थानीय निकायका सङ्गठनका प्रतिनिधिसँग छलफल गरेका छन्। “यो वर्ष पनि त्यही प्रवृत्ति देखिएको हो। किनकि वर्षापछिको अवस्था तापक्रम र जीवनचक्रका हिसाबले लामखुट्टेका लागि उपयुक्त हुन्छ।”

डा पुनले दशैँमा दशैँका बेला मानिसहरूको आवतजावत बढेको हुँदा सङ्क्रमितको सङ्ख्या केही बढेको हुन सक्ने भए पनि मुख्य कारक चाहिँ लामखुट्टेको वृद्धिविकास नै भएको बताए। “त्यसै पनि धेरै सङ्ख्यामा सङ्क्रमित बढ्ने बेला मानिसहरूको आउजाउ व्यापक हुने र एक्लिएर बस्ने सम्भावना कम हुँदा वृद्धिदर केही बढ्ता हुने हो।”

यो वर्ष हुम्लाबाहेक सबै जिल्लामा डेङ्गीका बिरामी फेला परेका छन्। ती ७६ जिल्लामा सङ्क्रमण पुष्टि भएका बिरामीको सङ्ख्या २२,००० नाघिसकेको सरकारी तथ्याङ्कले देखाउँछ। तीमध्ये ११ जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता बुढाथोकीका अनुसार डेङ्गीका धेरै बिरामी फेला परेका जिल्लामध्ये काठमाण्डू, कास्की, तनहुँ र पर्वत छन्। काठमाण्डू र कास्की दुवै जिल्लामा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ३,००० हजार माथि छ। तर सङ्क्रमित हुने मानिसको सङ्ख्या अझ धेरै हुन सक्ने ठानिएको छ। “त्यो हामीले परीक्षण गरेकामध्येको पोजिटिभ मात्र हो। धेरै सङ्क्रमित अर्थात् ८० प्रतिशतजतिलाई रोगको लक्षण नै नदेखिएको पनि हुन सक्छ।  उनका सरकारी विवरण ‘सतही तथ्याङ्क मात्र हुनसक्ने’ भन्दै डेङ्गीको सङ्क्रमण समुदायमा भित्रभित्रै फैलिरहेको हुन सक्ने बताए।

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *